रामबहादुर थापा र देवकाेटाद्वारा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

मकवानपुर – नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रवार (आज) उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत हुनुहुन्छ । गृह मन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकप्टरबाट हेटौँडा आइपुग्नुभएको थियो । यस पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत  दलका समर्थनमा डाक्टर खिम...

सम्बन्धित सामग्री

एमसीसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण: बादल

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अमेरिकी सहायता सम्झौता (एमसीसी)का कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन्।...

एमाले महाधिवेशनमा बादलको स्वागत मन्तव्य

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रमा रामबहादुर थापा बादलले स्वागत मन्तव्य राखेका छन् । उनी एमाले स्थायी कमिटी सदस्य हुन्

देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाण्डौ – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो । खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे हाे । यस्तै रामबहादुर थापाले  चार हजार १४ मतभार र कृष्णगाेपाल तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएकाे हाे । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोग...

राप्रपाले उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सघाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सघाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा थापा र देवकोटाको प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

बागमती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रवार मनोनयनपत्र दर्ता गराएका हुन् ।  ३ उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालको साथ छ । नेपाल पक्षले साथ नदिए थापा राष्ट्रिय सभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ ।  ...

राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट गृहमन्त्री थापाले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् । जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् । खुलातर्फ राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित थापा माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो । थापालाई कारवाही गरेपछि रिक्त भएको स्थानमा उनैलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको थियो । र...