भोट हाल्न जानेको भिडले काेटेश्वरमा बिहानै जाम

काठमाण्डाै - काठमाण्डौको कोटेश्वरमा बिहानै जाम भएको छ । काेटेश्वर र जडीबुटी क्षेत्रमा गाडी र यात्रुको भिड छ। आउँदो शुक्रवार हुने पालिका चुनावको मतदानका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै कोटेश्वरमा चाप बढेको हो। सार्वजनिक गाडीमा यात्रुलाई सिट पाउनै मुस्किल छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । कोटेश्वर–जडीबुटीबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका गाडी छुट्छन् ।  ...

सम्बन्धित सामग्री

किन भइरहेको छ काठमाडौंमा ट्राफिक जाम ?

काठमाडौं : तपाईंले केही दिनदेखि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको महसुस गर्नु भएको छ? तिहारपछि एकाएक ट्राफिक जाम देखिएको छ उपत्यकामा। तिहारपछि बिदामा बन्द भएका कार्यालय र विद्यालयहरू समेत संचालनमा आएकाले पनि काठमाडौं उपत्यकाभित्र ट्राफिक जाम बढेको ट्राफिक प्रहरीको दाबी रहेको छ। चुनावमा धेरै मानिस भोट हाल्न र नेता तथा कार्यकर्ताहरू काठमाडौं…

वीरगञ्जबाट आयात ठप्प, औद्योगिक क्षेत्र प्रभावित

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले सीमा नाकाबाट शुक्रवार (आज) आयातित मालवस्तुसमेत नभित्र्याउने भएको छ । स्थानीय निर्वाचनको निष्पक्षता र सुरक्षालाई ध्यानमा राखेर मंगलवार मध्यरातदेखि सीमा नाका बन्द भए पनि बिहीवारसम्म आयातित वस्तु भन्सार हातामा ल्याउने कार्य जारी थियो ।  इन्धन र अत्यावश्यकीय मालसामानको भन्सार जाँचपास पनि भइरहेको भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमा नाकाबाट हुने सवारी र मानिसको आवागमन बन्द भए पनि मालसामानको आयात भने रोकिएको थिएन ।  भन्सारले इन्धन र अत्यावश्यकीय मालसामानको जाँचपास जारी राखेको छ । ‘नाका बन्दका कारण अत्यावश्यक वस्तुको आपूर्ति असहज नहोस् भनेर भन्सारमा मालसामान भित्र्याउने र जाँचपासको काम जारी राखिएको हो,’ पौडेलले भने । बुधवार अत्यावश्यक वस्तुका केही ट्रक जाँचपास गरेर पठाइएको भन्सारले बताएको छ । भारत जाने खाली ट्रकहरू पनि छोडिएको भन्सारले जानकारी दिएको छ ।  भारतबाट आएका ढुवानीका साधन भारतीय क्षेत्रमा जाम लाग्ने भएपछि त्यस्ता मालवाहक साधनलाई आउन दिइएको पौडेलले बताए । एकीकृत जाँच चौकी (आईसीपी) बाट मालसामान भित्र्याइएको भन्सारले बताएको छ । आईसीपीबाट मानिसको आवागमन हुँदैन । मितेरीपुल हुँदै वीरगञ्ज प्रवेश गर्ने नाका भने बन्द राखिएको छ ।  शुक्रवार भने भारतबाट मालसामान भित्र्याउने काम पनि बन्द रहने पौडेलले जानकारी दिए । मतदानको दिनमा भने वीरगञ्जलगायत सबै भन्सार कार्यालयले मालसामान भन्सार हातामा नभित्र्याउने पौडेलले जानकारी दिए । आयात–निर्यात र आवागमन परिमाणका आधारमा वीरगञ्ज मुख्य नाका हो ।  यो नाकाबाट दैनिक २ हजार मालवाहक, ४०० हाराहारी यात्रुवाहक सवारीसाधन र २ हजार यात्रुको ओहोरदोहोर हुन्छ ।  औद्योगिक क्षेत्र पनि प्रभावित  चुनावमा भोट हाल्न कामदार, कर्मचारी आआफ्नो घरतर्फ गएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन पनि प्रभावित भएको छ । बुधवारदेखि नै उद्योगको लोडिङ हुन नसकेको उद्योगी राजेश क्यालले बताए । ढुवानीमा काम गर्ने चालक र मजदूर नभएपछि मालसामान पठाउन नसकिएको क्यालको भनाइ छ ।

नगरकोटबाट दोलखा पुग्यो ठेकेदारको पोस्टर टाँसेर विरोध गर्ने शैली

दोलखा : केही दिनअघि भक्तपुरको नगरकोट सडकको काम ठेकेदार कम्पनीले समयमै नसकाएको विरोधमा स्थानीय प्रतिरोधमा उत्रिए। उनीहरूको विरोध गर्दा सडक बन्द चक्का जाम, तोडफोड केही गरेनन्। विरोधको नयाँ शैली अपनाए। चुनावको नेताले भोट माग्न आफ्नो प्रचार गर्नका लागि टाँगिने पोस्टरजस्तै शैली अपनाए। र, आसपासको ठाउँठाउँमा राखेका ठेकेदार श...