वीरगञ्जबाट आयात ठप्प, औद्योगिक क्षेत्र प्रभावित

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले सीमा नाकाबाट शुक्रवार (आज) आयातित मालवस्तुसमेत नभित्र्याउने भएको छ । स्थानीय निर्वाचनको निष्पक्षता र सुरक्षालाई ध्यानमा राखेर मंगलवार मध्यरातदेखि सीमा नाका बन्द भए पनि बिहीवारसम्म आयातित वस्तु भन्सार हातामा ल्याउने कार्य जारी थियो ।  इन्धन र अत्यावश्यकीय मालसामानको भन्सार जाँचपास पनि भइरहेको भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमा नाकाबाट हुने सवारी र मानिसको आवागमन बन्द भए पनि मालसामानको आयात भने रोकिएको थिएन ।  भन्सारले इन्धन र अत्यावश्यकीय मालसामानको जाँचपास जारी राखेको छ । ‘नाका बन्दका कारण अत्यावश्यक वस्तुको आपूर्ति असहज नहोस् भनेर भन्सारमा मालसामान भित्र्याउने र जाँचपासको काम जारी राखिएको हो,’ पौडेलले भने । बुधवार अत्यावश्यक वस्तुका केही ट्रक जाँचपास गरेर पठाइएको भन्सारले बताएको छ । भारत जाने खाली ट्रकहरू पनि छोडिएको भन्सारले जानकारी दिएको छ ।  भारतबाट आएका ढुवानीका साधन भारतीय क्षेत्रमा जाम लाग्ने भएपछि त्यस्ता मालवाहक साधनलाई आउन दिइएको पौडेलले बताए । एकीकृत जाँच चौकी (आईसीपी) बाट मालसामान भित्र्याइएको भन्सारले बताएको छ । आईसीपीबाट मानिसको आवागमन हुँदैन । मितेरीपुल हुँदै वीरगञ्ज प्रवेश गर्ने नाका भने बन्द राखिएको छ ।  शुक्रवार भने भारतबाट मालसामान भित्र्याउने काम पनि बन्द रहने पौडेलले जानकारी दिए । मतदानको दिनमा भने वीरगञ्जलगायत सबै भन्सार कार्यालयले मालसामान भन्सार हातामा नभित्र्याउने पौडेलले जानकारी दिए । आयात–निर्यात र आवागमन परिमाणका आधारमा वीरगञ्ज मुख्य नाका हो ।  यो नाकाबाट दैनिक २ हजार मालवाहक, ४०० हाराहारी यात्रुवाहक सवारीसाधन र २ हजार यात्रुको ओहोरदोहोर हुन्छ ।  औद्योगिक क्षेत्र पनि प्रभावित  चुनावमा भोट हाल्न कामदार, कर्मचारी आआफ्नो घरतर्फ गएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन पनि प्रभावित भएको छ । बुधवारदेखि नै उद्योगको लोडिङ हुन नसकेको उद्योगी राजेश क्यालले बताए । ढुवानीमा काम गर्ने चालक र मजदूर नभएपछि मालसामान पठाउन नसकिएको क्यालको भनाइ छ । 

सम्बन्धित सामग्री

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

लुम्बिनी, १६ असोज । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान […]

औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन सुरु

वीरगन्ज– बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । नेपाल सरकारको उद्योग मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएपछि औद्योगिक व्यवस्थापन लिमिटेडका सहायक निर्देशक इन्जिनियर सुशील तिमिल्सिना र […]

बालाजु औद्योगिक क्षेत्र

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा...

शक्तिखोर औद्योगिक क्षेत्र कार्यान्वयनमा ढिलाइ

सरकारले २०७३मा चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको भए कार्यान्वयनमा आउन सकेको छैन। यो योजनाको शिलान्यास अझै भएको छैन।...

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रुपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाब

‘नौवस्ता औद्योगिक क्षेत्र’ निर्माण अलपत्र

सरकारले बाँकेमा निर्माण गर्न थालेको ‘नौवस्ता औद्योगिक क्षेत्र’ को पूर्वाधार निर्माण कार्य अलपत्र परेको छ।...

चर्चामै सीमित भयो शक्तिखोर औद्योगिक क्षेत्र

तत्कालीन नेकपा (माओवादी)का लडाकुहरुको तेस्रो डिभिजन बसेको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारले घोषणा गरेको ६ वर्ष वित्यो । काम भने कागजमा सीमित भएको छ ।

प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको लक्ष्य अधुरै

सरकारले अघिल्लो आर्थिक वर्षमा नै सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरे पनि हालसम्म लक्ष्य पूरा हुन सकेको छैन । औद्योगिक क्षेत्र स्थापनाका लागि प्रारम्भिक काम भइरहेको र केही वर्षमा सम्पन्न हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेटमा सबै प्रदेशमा कम्तीमा एउटा […]

दैजीछेला औद्योगिक क्षेत्र शिलान्यास

महेन्द्रनगर-कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । सोमबार प्रभानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्र स्थापना भएको २४ वर्षपछि त्यसको शिलान्यास गरेका हुन् ।२०५३ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले दैजीछेला औद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरेको थियो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतका दिनमा सुदूरपूर्वबाट गरिएको विकासको ढोका अब सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको […]

घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो […]