कोरोना संक्रमणका कारण त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने गरेका परीक्षा नरोनिके भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरेको अवस्थामा त्रिविका परिक्षा भने निर्वाध सञ्चालन हुने भएका हुन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना संक्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने सबै परीक्षा स्थगित भएको जनाएको छ ।  मंगलबार बसेको परीक्षा बोर्डको...

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएकाले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।विश्वविद्यालयको आज बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायको पहिलो, दोस्रो र  तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएका हुन् । यसका साथै विश्वविद्यालयले कक्ष

सिटिइभिटीका सबै परीक्षा स्थगित

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढेपछि परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे परिषदका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोग लगायतले परीक्षा स्थगित गरेकोले पनि स्थगित गर्न बाध्य भएको बताए। ‘परीक्षा स्थगित गर्ने बाध्यता नै आइपर्‍याे, भोलि गोरखापत्रबाट सूचना पनि जारी गर्छौँ,’उनले भने।परिषदका अनुसार अर्काे सूचना जारी नहुञ्

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो।...

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं : पूर्वाञ्चल विश्वविद्यालयले कोरोना संक्रमण दर बढेपछि सबै परीक्षा स्थगित गरेको छ।विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले पूर्वप्रकाशित तालिका अनुसारको माघ मसान्त सम्मका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए। उनका अनुसार वर्ष/सेमेष्टरका सञ्चालन भइरहेका परीक्षा र बाकी परीक्षा स्थगित गरिएको छ। त्रिभुवन विश्वविद्यालयले पनि बिहीबार सबै परीक्षा स्थगित गरेकाे थियाे।(हेर्नुहोस सूचना)

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं। कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म हुन लागेको परीक्षा कोरोना महामारीका कारण जोखिम भएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो। निरन्तर बढिरहेको कोरोना महामारीका कारण परीक्षा स्थगित गर्ने सीसीएमसीको सुझाव, विद्यार्थी संगठन र अभिभावकको मागअनुसार परीक्षा स्थगित भएको छ।

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आज बोर्डले बैठक बसी कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले परीक्षा स्थगित गर्ने निर्णय भएको जनाएको छ । हिजो स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका थिए । उनले […]

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।

भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं। यही जेठ २२ गतेलाई तोकिएको भन्सार एजेन्टको परीक्षा स्थगित बनेको छ। अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले दिएको जानकारीअनुसार परीक्षा स्थगित भएको हो। विभागले कोरोना महामारीको दोस्रो लहरका कारण परीक्षा स्थगित भएको जानकारी दिएको छ। परीक्षाको अर्को मिति तोक्दा १५ दिनको समय दिने बताइएको छ।

परीक्षा स्थगित

सरकारको निर्णयपछि पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।