३३ क्रियाशील सदस्यद्वारा कांग्रेस परित्याग

धनगढी : कञ्चनपुरमा नेपाली कांग्रेसका ३३ जना क्रियाशील सदस्यले पार्टी परित्याग गरेका छन्। कृष्णपुर नगरपालिका–२ मा कांग्रेसका ३३ जना क्रियाशील सदस्यले विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।‘हाल नेपाली कांग्रेस बिपीको राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्यायको मार्गदर्शनबाट विचलित भई व्यक्तिगत एवम् गुटगत स्वार्थमा डुबेको, आसेपासे र चाकडीवाजलाई काखी च्यापेको, इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्तालाई पाखा लगाएको, भ्रष्टाचारी, अनैतिकता र गैरराष्ट्रवादी छवि मौलाउँदै गएको, ब

सम्बन्धित सामग्री

‘युवासँग कांग्रेस अभियान’ सञ्चालन हुने

नेपाली कांग्रेस सुर्खेतले छ हजार नयाँ क्रियाशील सदस्य थप गर्ने भएको छ।हाल कांग्रेसका १२ हजार ७७१ क्रियाशील सदस्य रहेकोमा त्यसलाई बढाएर १८ हजार ५०० पु¥याउने लक्ष्य कांग्रेसले राखेको छ।कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले साधारण सदस्यतासँगै क्रियाशील स...

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७-२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको […] The post कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाका क्रियाशील सदस्य, रौतहटको नामावली सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेसले टुंग्यायो७७ वटै जिल्लाको क्रियाशील सदस्यता

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।

कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो ।यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यव

कांग्रेस बैठक महाधिवेशन केन्द्रित, क्रियाशील सदस्य ९ लाख पुग्यो

काठमाडौँ- नेपाली कांग्रेसको प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी बैठक मूलत: महाधिवेशनका विषयबस्तुहरुमा केन्द्रित भएको छ। कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी नेता रमेश लेखकले बैठकपछि दिए। महादेव यादव नेतृत्वको निर्वाचन समिति, रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता विवाद समिति र विमलेन्द्र […]

कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

गण्डकी । नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए […]

क्रियाशील सदस्यता विबादबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता विवादको विषयमा छलफल गर्न नपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेका लागि बैठक बोलाइएको छ । पूर्व पदाधिकारी र सदस्यता छानविन समितिको सदस्यसहितको बैठक राखिएको एक नेताले जानकारी दिए । क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २० गतेसम्म सभापतिलाई पेश गर्ने महाधिवेशन कार्यतालिका छ ।  केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले क्रियाशील सदस्यको सूचीको छानविन गरिरहेको छ । सूचीमा स...

देउवाको जिल्लाको क्रियाशील सदस्य विवरण बल्ल भयो सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाको क्रियाशील सदस्यहरुको नाम आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ। बुधवार कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले एक विज्ञप्ति जारी गर्दै असार १७ गतेको बैठकको निर्णयअनुसार वेबसाइटमा सार्वजनिक गरिएको जनाएको हो। 'नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको आषाढ १६, २०७८ को बैठकको निर्णय…

दशहजार नयाँ क्रियाशील सदस्य थपिए

चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले १० हजार ८०७ नयाँ क्रियाशील सदस्य सिफारिश गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय प्रावधानअनुसार वडामार्फत क्षेत्रले सिफारिश गरेर जिल्लामा पठाएका सदस्यलाई केन्द्रमा पठाउने गरिन्छ । कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार यसअघि जिल्लामा २० हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार २६ ले नवीकरण गरेका छन् । नयाँ र […]