होन्डा सिबी ३५० आरएस नेपालमा मूल्य ७ लाख ७५ हजार

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीको...

सम्बन्धित सामग्री

इलेक्ट्रोनिक सामान र सवारीसाधनमा अफरै अफर

काठमाडौं। इलेक्ट्रोनिक सामान र सवारीसाधन जोड्नेलाई चाडपर्वहरू अवसर बन्ने गरेका छन् । पहिले विलासी मानिने टेलिभिजनदेखि चारपांग्रे र दुईपांग्रे सवारीसाधन अहिले आवश्यक बनिसकेको छ । दशैंका बेला किनमेल गर्दा छूट एवं सुविधा पाइने अपेक्षा उपभोक्ताको हुने भएकाले उत्पादक र विक्रेता कम्पनीले पनि दशैंतिहार लक्षित योजना र अफर सार्वजनिक गर्ने गरेका छन् । यसपालिको दशैंमा पनि त्यस्ता योजना प्रशस्त मात्रामा आएको देखिन्छ ।  छूटमा इलेक्ट्रोनिकतर्फ नेपालमा लोकप्रियता कमाएको सामसङ कम्पनीले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टीभीहरू ल्याएको छ । यो सिरिजको टीभी दशैंतिहारको लागि भनेरै ल्याइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नयाँ लाइन–अपका टीभीहरू ४३ इन्चदेखि ८५ इन्चसम्ममा उपलब्ध छन् । बजारमा आएका नयाँ २०२३ क्रिस्टल यूएचडी र क्यूएलईडी टीभीमा सामसङका फ्ल्यागसिप फिचरहरू छन् । यी टीभीमा सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा समेत छ । यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एडजस्ट गर्न आईओटी लाइट सेन्सरको सुविधा दिइएको छ । सी–सिरिजका टीभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएको कम्पनीको भनाइ छ । यसका धेरै पार्टपुर्जा पुन: नवीकरण गरिएको हुनुका साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको पनि प्रयोग गरिएको बताइएको छ । अरु सुविधा समेटेर सामसङले आफ्ना प्रयोगकर्तालाई एक असल कनेक्टेड अनुभव प्रदान गरेको दाबी गरिएको छ । कम्पनीले ३१ डिसेम्बर २०२३ भित्र किनिएका सबै २०२३ टीभीमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ । ‘आधुनिक नेपाली उपभोक्ता हामीसँगै विकसित भएका छन् । र उनीहरू आफ्नो लागि अझ राम्रा उत्पादन खोज्छन् । त्यसैले हामीले ग्राहकले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याएका छौं,’ सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले भने, ‘हामी ग्राहकका घरमा कनेक्टेड एक्सपिरियन्स ल्याउन सक्षम छौं, जुन हाम्रा ग्राहकले आरामसँग अनुभव गर्नुहुनेछ भनेर हामीले विश्वास गरेका छौं । नयाँ २०२३ टीभीहरूले हाम्रा प्रयोगकर्तालाई परिष्कृत अनुभव प्रदान गर्नेछन् ।’ नेपाली बजारमा परिचित सिजी इलेक्ट्रोनिक्सले पनि चाडपर्व अफर ल्याएको छ । खासगरी नेपालमा एलिकाका उत्पादनको एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दशैं, तिहार र छठलाई लक्षित गरी ल्याएको ग्राहक योजनामा उपहार समेत राखिएको छ ।  अफरअन्तर्गत एलिकाको कुनै पनि सामान (चिम्नी, कुक टप, हब, कुकिङ रेन्ज, बिल्ट–इन ओभन, बिल्ट–इन माइक्रोवेभ ओभन) खरीदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप दिने गरिएको छ । यो ग्राहक योजना गत भदौ २८ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । एलिका १९७० मा स्थापित इटालियन कम्पनी हो । यसले किचन हुड, इन्डक्सन हब र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको इटाली, पोल्यान्ड, मेक्सिको, भारत र चीनमा सातओटा प्लान्ट छन । त्यस्तै सवारीसाधान विक्रेता तथा उत्पादकहरूले चाडपर्वलाई लक्ष्य गरेर नयाँ नयाँ सवारीसाधनका साथै अफर ल्याएका छन् । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बडादशैं, तिहार र छठ पर्व २०८० को अवसरमा अफर ल्याएको छ । ‘टाटा मोटर्स बडादशंै बडा अफर’मा ग्राहकले टाटा आइस रेन्जका गाडी खरीदमा ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस योजनामा नगद छूट, वार्षिक सवारी कर छूट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एसेसोरिजहरू पाउन सक्ने बताइएको छ । यसका साथै टाटा इभी गाडीमा पनि आकर्षक अफर छन् । बडादशैंको अवसरमा टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभीलगायत आइस र ईभी रेन्जका गाडी अवलोकन र टेस्ट ड्राइभ गर्न सकिने बताइएको छ । त्यस्तै होन्डाले पर्वलाई लक्ष्य गरी ‘दशैंमा १० लाख’ योजना ल्याएको छ । होन्डा टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ल्याएको ‘दशैंमा १० लाख’ नामक ग्राहकमुखी उपहार योजनामा होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरीदमा ग्राहकले स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म नगद जित्न सक्ने बताइएको छ । यसका साथै ‘चुज योर स्किम’ योजनाअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कार्ड पाउन सक्ने वा १२ हजार ५०० रुपैयाँबराबरको पाँचवर्षे एएमसी प्याकेज पाउन सक्ने जनाइएको छ ।  ग्राहकलाई अझ आकर्षक योजना प्रदान गर्ने उद्देश्यले ‘रु. १ फाइनान्स योजना’मा पनि ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । साथै, होन्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छूट पनि उपलब्ध हुने कम्पनीले बताएको छ । त्यस्तै नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जेले दशैंतिहारलाई लक्ष्य गरी स्कोडा ‘फाइभ स्टार अफर’ ल्याएको छ ।  कम्पनीका अनुसार स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँचओटा फाइदा उपलब्ध गराउनेछ । उक्त अफरले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीको दाबी छ । कम्पनीले ग्राहकलाई पहिलो अफरका रूपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८ दशमलव ९९ प्रतिशत ब्याजदर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि नि:शुल्क इन्स्योरेन्स दिनेछ, जसले हरेक यात्रालाई तनावरहित बनाउने कम्पनीको भनाइ छ । त्यसैगरी स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दशैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लू एक्सपान्जेले धन्यवाद स्वरूप लोयल्टी बोनस पनि दिने कम्पनीले जानकारी दिएको छ । ‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्दछौं ।’

हाइड्रोजन कि विद्युतीय गाडी ?

खनिज ऊर्जाले जलवायु परिवर्तनमा भूमिका खेलेको र वातावरणीय क्षति ल्याएको देखिएपछि त्यसको विकल्पमा सबैजसो देशले नीति निर्माण गर्न र तिनलाई कार्यान्वयनमा लैजान थालिसकेका छन् । स्वच्छ ऊर्जा प्रयोग गरेर कार्बन उत्सर्जन शून्यमा झार्ने रणनीति तयार भइरहेको छ । नेपालमा व्यापारघाटा कम गर्न र वातावरण प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिएको छ । साथै, सरकारले नेपालमा हाइड्रोजन ऊर्जाबारे पनि चासो देखाएको छ । नेपालमा यस ऊर्जाबारे प्रारम्भिक बहस शुरू भए पनि अमेरिकालगायत केही देशमा यसबाट चल्ने कारको व्यावसायिक उत्पादन शुरू भइसकेको छ । साथै, हाइड्रोजन ऊर्जाको कारोबार पनि शुरू भइसकेको छ । नेपालमा नेपाल आयल निगमले काठमाडौं विश्वविद्यालयसँग मिलेर यसबारे अनुसन्धान गर्ने काम अघि बढाएको छ । नेपालमा हाइड्रोजन उत्पादन तत्कालै सम्भव त देखिँदैन तर विद्युतीय सवारीभन्दा हाइड्रोजन सवारीको विकल्पमा जानु नेपालका लागि बढी लाभदायी देखिन्छ । विश्वका ठूला कार उत्पादकहरूले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन् । नेपालमा विद्युतीय सवारीसाधनका लागि बिस्तारै आधार तय हुँदै छ । विभिन्न ठाउँमा चार्जिङ स्टेशन बनिरहेका छन् । त्यस्तै सस्तादेखि निकै महँगा गाडीसम्म आयात भइरहेका छन् । गाडी विक्रीको पछिल्लो तथ्यांकले विद्युतीय सवारीको अंश निकै बढी रहेको देखाउँछ । तर, नेपालले विद्युतीय सवारीभन्दा हाइड्रोजनबाट चल्ने सवारीलाई प्राथमिकता दिनुपर्छ र यसका लागि लगानी गर्नु उपयुक्त हुन्छ भन्ने आवाज पनि राम्रैसँग उठेको छ । हाइड्रोजन आफैमा ऊर्जाको स्रोत होइन । यो ऊर्जा वाहक मात्र हो । मुख्यत: दुईओटा विधिमार्फत शुद्ध हाइड्रोजन उत्पादन गर्न सकिन्छ : पहिलो विधि हो स्टिम मिथेन रिफर्म विधि । यसमा खनिज इन्धनबाट उत्पादित बिजुली प्रयोग गरी स्टिम मिथेनलाई ७०० देखि १००० डिग्री सेल्सियस तापक्रममा प्रशोधन गरेर शुद्ध हाइड्रोजन उत्पादन गरिन्छ । हाइड्रोजन उत्पादनको दोस्रो विधि इलेक्ट्रोलाइसिस विधि हो । यस विधिमा पानी र बिजुलीको रसायनिक प्रक्रियामार्फत शुद्ध हाइड्रोजन उत्पादन हुन्छ । उत्पादन विधि र बिजुलीको स्रोतको आधारमा शुद्ध हाइड्रोजनलाई विभिन्न प्रकारमा विभाजन गरिएको पाइन्छ । यीमध्ये ग्रीन हाइड्रोजन इलेक्ट्रोलाइसिस विधिमार्फत नवीकरणीय ऊर्जाको स्रोत जलविद्युत्, सौर्य र वायुबाट उत्पादित स्वच्छ ऊर्जाको प्रयोगबाट प्राप्त हुन्छ । नेपालमा जलविद्युत्को ठूलो सम्भावना भएको र वर्षायाममा बिजुली खेर जान थालिसकेकाले यसको प्रयोग गरेर हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ । त्यसैले नेपालमा हरित हाइड्रोजन उत्पादन गर्दा अन्य देशमा भन्दा सस्तो पर्छ । सस्तो हाइड्रोजन निर्यात गर्न सकिन्छ । यस्तोमा विद्युतीय सवारीसाधनभन्दा हाइड्रोजन सवारीसाधनको विकल्प नेपालका लागि उपयुक्त देखिन्छ । विद्युतीय सवारी विश्वभरि नै प्राथमिकतामा परेर यसको प्रविधिमा नयाँनयाँ पक्ष थपिइरहेका छन् । यसको प्रयोग पनि विश्वभरि बढिरहेको छ । यसको दाँजोमा हाइड्रोजनबाट चल्ने गाडी निकै कम छन् । दुवै गाडीका बीच तुलना गर्दा दुवैका सकारात्मक र नकारात्पक्ष छन् । विद्युतीय सवारीमा ब्याट्री सजिलै राख्न, चार्ज गर्न र फेर्न सकिन्छ । तर, आयु पुगेको ब्याट्री कसरी डिस्पोज गर्ने भन्ने समस्यामा खासै चर्चा भएको पाइँदैन । ब्याट्री चार्ज गर्नभन्दा निकै छिटो हाइड्रोजन भर्न सकिन्छ । पेट्रोल भर्नभन्दा केही समयमात्रै बढी लाग्छ । तर, हाइड्रोजनको अत्यधिक प्रज्वलनशीलताका कारण यो कम सुरक्षित हुन्छ । अन्तरराष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०२१ मा विश्व बजारमा १२० मिलियन टन हाइड्रोजन उत्पादन भएको छ । उत्पादित हाइड्रोजनमध्ये ७६ प्रतिशत प्राकृतिक ग्यासमा आधारित ग्रे हाइड्रोजन छ । २३ प्रतिशत कोइलामा आधारित ब्ल्याक हाइड्रोजन छ । नवीकरणीय ऊर्जा प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रविधिमार्फत उत्पादित ग्रीन हाइड्रोजन नगन्य छ जसको सम्भावना नेपालमा बढी छ । नेपालले हाइड्रोजन निर्यातसमेत गर्न सक्छ । विद्युत् निर्यात गर्न नसकिने देशमा समेत यो निर्यात गर्न सकिन्छ । वर्षा यामको बिजुलीबाट हाइड्रोजन उत्पादन गरेर भण्डारण गरी हिउँदमा प्रयोग गर्न पनि सकिन्छ । टोयोटा, होन्डा, हुन्डाईजस्ता कार निर्माता कम्पनीहरूले हाइड्रोजन कारको विकास गरेसँगै ढुवानीका लागि हाइड्रोजन ट्रकहरू पनि निर्माण हुन थालेका छन् । चीनले सयौंको संख्यामा हाइड्रोजन बसहरू सञ्चालनमा ल्याएको छ । उसले विद्युतीय र हाइड्रोजन दुवैमा लगानी गरिरहेको छ । पेट्रोल उत्पादक राष्ट्रहरूले समेत ग्रीन हाइड्रोजनको उत्पादन र व्यापारमा लगानी गरेका छन् ।   वार्षिक १ लाख ८७ हजार टन ग्रीन हाइड्रोजन उत्पादन गर्न सकिन्छ । यो परिमाणको ग्रीन हाइड्रोजनबाट ७ लाख ५० हजार किलोलिटर पेट्रोलियम पदार्थ विस्थापित गर्न सकिन्छ । त्यस्तै यसबाट हजारौं टन मल उत्पादन गर्न सकिन्छ । विश्वका ठूला कार उत्पादकहरूले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि हाइड्रोजन फ्युल सेलमा समेत ठूलो लगानी र अनुसन्धान गरिरहेका छन् । जर्मनीका अटोमोटिभ टेक्नोलोजी फर्म कन्टिनेन्टलका विज्ञ डा फेलिक्स ग्रेसले सन् २०३० पश्चात् विश्वमा इलेक्ट्रिक कारको विकल्पका रूपमा हाइड्रोजन कार अघि आउने बताएका हुन् । हाइड्रोजन कार अहिले अनुसन्धानकै चरणमा रहेको हुँदा यो तत्काल प्रयोगमा आउने सम्भावना न्यून भए पनि कालान्तरमा यसकै प्रयोग बढी हुने सम्भावना उच्च छ । इलेक्ट्रिक कारको तुलनामा हाइड्रोजन कारको ‘भ्यालु फर मनी’ उच्च हुने बताइन्छ । त्यसैले विश्व अटो बजार विद्युतीय सवारी निर्माणमा लागिरहेकै समयमा हाइड्रोजन फ्युल सेल कारको पनि तीव्र विकास भइरहेको छ । ब्याट्रीको मूल्य महँगो पर्छ । चार्ज गर्न धेरै समय लाग्छ । ड्राइभिङ रेन्ज पनि थोरै हुन्छ । त्यसैले विकल्पका रूपमा कार निर्माताहरूले हाइड्रोजनबाट चल्ने कारलाई समेत विकास गर्न थालेका छन् । हाइड्रोजनबाट चल्ने कार इन्धनबाट चल्नेभन्दा सजिला हुन्छन् र यसमा रेन्जको कुनै सीमा तोकिएको हुँदैन । अहिले विद्युतीय रोजकारको तुलनामा हाइड्रोजन कारको मूल्य चार गुणा महँगो पर्छ । र प्रदूषण कम गर्न भने विद्युतीय भन्दा हाइड्रोजन कार निकै प्रभावकारी मानिन्छ । तर, सुरक्षाका दृष्टिले विद्युतीय कार अब्बल मानिन्छ । नेपालको सन्दर्भमा विद्युतीय कारभन्दा हाइड्रोजन बढी उपयुक्त भए पनि विश्वमा आएको प्रवृत्ति नै पछ्याउनुपर्ने बाध्यता छ । तैपनि हाइड्रोजन ऊर्जाको अनुसन्धान र विकासमा ठूलै लगानी गर्नु भविष्यका दृष्टिले निकै महत्त्वपूर्ण सावित हुनेछ ।

होन्डा सिवी ३५० को मूल्य २५ हजारसम्मले बढ्यो

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ प्रालिले आफ्ना दुई नयाँ मोडल सिवी हाइनेस र सिबी ३५० आरएसको मूल्य वृद्धि गरेको छ । सरकारले २५० सीसी माथिका मोटरसाइकलमा २० प्रतिशत अन्तःशुल्क वृद्धि गरेपनि कम्पनी यी दुई मोटरसाइकलको मूल्य २५ हजारसम्मले मात्रै वृद्धि गरेको हो । कम्पनीले यसअघि ७ लाख ५० हजार ९०० रुपैयाँ मूल्य तोकेर […]

यस्तो छ होन्डा मोटरसाइकलको नयाँ मूल्यसूची

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले विक्री गर्ने चल्तीका मोटरसाइकल तथा स्कुटरको अधिकतम खुद्रा मूल्यसूची प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको मूल्यसूचीमा १ लाख ९१ हजार ९०० देखि ७ लाख ७५ हजारसम्म मूल्य कायम गरिएको छ । कम्पनीले विक्री गर्ने होन्डा सिडी ड्रिम डिलक्सको मूल्य सबैभन्दा कम छ भने महंगो मोडल सिबी ३५० […]

७ लाख ७५ हजार मूल्य पर्ने ‘होन्डा सीबी ३५० आरएस’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा सीबी ३५० आरएस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालमा होन्डा सीबी मोडलका बाइकहरुको माग रहेको र सीबी ३५० आरएस नेपाली बाइकरहरुको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक वीथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल

७ लाख ७५ हजार मूल्य राखेर होन्डाको नयाँ मोटरसाइकलको विक्री सुरु

काठमाडौं । होन्डाले रेट्रो डिजाइन सिबी ३५० आरएस नेपालमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकल आजबाट विक्री सुरू गरेको हो । होन्डा सीबी आरएसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु भएकाे हाे । असार पहिलो साता कम्पनीले हाइनेस सिबी ३५० नेपाल ल्याएको थियो । सिबी हाइनेसको सफलताबाट उत्साहित बनेको […]