७ लाख ७५ हजार मूल्य पर्ने ‘होन्डा सीबी ३५० आरएस’ सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होन्डा सीबी ३५० आरएस’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।नेपालमा होन्डा सीबी मोडलका बाइकहरुको माग रहेको र सीबी ३५० आरएस नेपाली बाइकरहरुको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक वीथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल

सम्बन्धित सामग्री

महंगो भयो केटीएम २५० एड्भेन्चर, यस्तो छ नयाँ मूल्य

काठमाडौं । केटीएम २५० एड्भेन्चरको नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले नयाँ कलर अप्सनमा २५० एड्भेन्चरको बिक्री सुरू गरेसँगै नयाँ मूल्य सार्वजनिक गरेको हो । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ कलर २५० एड्भेन्चरको मूल्य ७ लाख १९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यसअघि […]

केटीएम २५० ड्यूक थर्ड जेनेरेशन सार्वजनिक, ५ हजार मूल्य बढ्यो

काठमाडौं । केटीएम २५० ड्यूकको थर्ड जेनेरेशन सार्वजनिक भएको छ । कम्पनीले विभिन्न अपडेट सहित ल्याएको थर्ड जेनेरेशन २५० ड्यूक ७ लाख ३९ हजार तोकेर सार्वजनिक भएको हो । नक्साल बाइर्कस क्याफेमा आयोजित एक कार्यक्रम एकै पटक ४० जना ग्रहलाई डेलिभरी सेमत गरेको हो । अन्य सोरुमबाट १० यूनिट समेत गरि ५० यूनिट मोटरसाइकल डेलिभरी […]

७ लाख ५० हजार डाउन पेमेन्ट गरेर ‘नेटा भी’ किन्न पाइने (मासिक किस्तासहित)

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेटा भी इलेक्ट्रीक क्रसओभरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले आइतवार विश्व वातावरण दिवसको अवसर पारेर नेटा भी नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुल्ला गरेको हो । कम्पनीले आधिकारीक कार्यक्रम भने बुधबार मे ८ तारिखमा राखेको छ । […]

जावा ४२ को २.१ भर्सन सार्वजनिक, मूल्य ७ लाख ५८ हजार

काठमाडौं । जावाले आफ्नो स्टाइलिस क्लासिक मोटरसाइकल ‘जावा ४२’ को नयाँ भर्सनको नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले जावा ४२ को २.१ भर्सनको सार्वजनिक गरेको हो । कम्पनीले नयाँ जावा मोटरसाइकलमा पहिलेको तुलनामा एग्जस्ट उत्कृष्ट बनाएको दाबी गरेको छ । साथै, पहिलेको तुलनामा थप आकर्षक पनि देखिएको छ । कम्पनीले नयाँ मोटरसाइकलको सिट ठूलो दिएको […]

चैत मसान्तसम्ममा सानिमा लार्ज क्याप फण्ड रू. ४ करोड ७ लाख नोक्सानीमा

वैशाख १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा उक्त फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा रहेको छ । गत फागुन मसान्तसम्मममा भने फण्डले रू. ५९ लाख ७३ हजार नाफा कमाएको थियो । चैत महीनामा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू.२ करोड ३६ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १२ लाख थियो । त्यसैगरी फण्डको फागुन मसान्तसम्ममा जम्मा रू.  १ करोड ५२ लाख खर्च रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.१ करोड ७० लाख पुगेको छ । त्यसैगरी फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्मा फण्डको एनएभी रू. १० दशमलव २० रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशलव ८२ कायम भएको छ। फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ५९ करोड ९४ लाख लगानी रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६१ करोड २९ लाख पुगेको छ ।

दोस्रो बजारमा सामलिङ्ग पावरको आईपीओले कति पाउला मूल्य रेञ्ज ?

कात्तिक १९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।  तिहार अघि अर्थात् गत कात्तिक १६ गते कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।  आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारणतर्फको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।   कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।

७ लाख ७५ हजार मूल्य राखेर होन्डाको नयाँ मोटरसाइकलको विक्री सुरु

काठमाडौं । होन्डाले रेट्रो डिजाइन सिबी ३५० आरएस नेपालमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङले नयाँ मोटरसाइकल आजबाट विक्री सुरू गरेको हो । होन्डा सीबी आरएसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु भएकाे हाे । असार पहिलो साता कम्पनीले हाइनेस सिबी ३५० नेपाल ल्याएको थियो । सिबी हाइनेसको सफलताबाट उत्साहित बनेको […]

होन्डा सिबी ३५० आरएस नेपालमा मूल्य ७ लाख ७५ हजार

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीको...