किराना पसल खोल्न दिनुपर्छ : चेम्बर

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले किराना पसल खोल्न नदिने निर्णय सच्याउन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै यस निर्णयबाट उपभोक्तालाई मार पर्ने बताएको हो। खाद्यान्न पसलहरुमा दूध, पानी र तरकारी पनि बिक्री हुने भएकाले किराना पसल बन्द नगराउन चेम्बरले भनेको छ।

सम्बन्धित सामग्री

किराना पसल बन्द नगर्न चेम्वरको माग

नेपाल चेम्बर अफ कमर्शले किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको छ । गृह मन्त्रालय काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको हो ।त्यस्तै, किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु […]

भौतिक दूरी कायम गरेर पसल खोल्न दिन चेम्बरको आग्रह

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले किराना पसलसमेत बन्द गर्ने निर्णय गरेकामा ध्यानाकर्षण भएको बताएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले किराना पसल बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्णयले दैनिक रूपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई मर्का पर्ने चेम्बरको धारणा छ । किराना पसलमा खाद्यान्न, सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने हुँदा बन्द गरिँदा अति आवश्यकीय उपभोग्य वस्तु सर्वसाधारणलाई सहज आपूर्तिमा कठिनाइ हुनेतर्फ चेम्बरले ध्यानाकर्षण गराएको छ । चेम्बरले तोकिएका मापदण्ड पालना गरेर साबिकबमोजिम किराना पसल खोल्ने व्यवस्था यथावत् गर्न सरकारसँग माग गरेको छ