भौतिक दूरी कायम गरेर पसल खोल्न दिन चेम्बरको आग्रह

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले किराना पसलसमेत बन्द गर्ने निर्णय गरेकामा ध्यानाकर्षण भएको बताएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले किराना पसल बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्णयले दैनिक रूपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई मर्का पर्ने चेम्बरको धारणा छ । किराना पसलमा खाद्यान्न, सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने हुँदा बन्द गरिँदा अति आवश्यकीय उपभोग्य वस्तु सर्वसाधारणलाई सहज आपूर्तिमा कठिनाइ हुनेतर्फ चेम्बरले ध्यानाकर्षण गराएको छ । चेम्बरले तोकिएका मापदण्ड पालना गरेर साबिकबमोजिम किराना पसल खोल्ने व्यवस्था यथावत् गर्न सरकारसँग माग गरेको छ