महाधिवेशनको मिति फेरि सार्ने तयारीमा नेपाली कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्...

सम्बन्धित सामग्री

जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । अन्योल र विवादबीच सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका  छन् । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठमै चुनाव गर्न तयार भएका हुन् । शनिवार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो । स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकाले संशोधन गरेर निर्वाचन फागुनमा सार्ने गठबन्धनका केही नेताले बताउँदै आएका  थिए ।

बुधबार कांग्रेस केन्द्रीय समिति बैठक, महाधिवेशन मिति सार्ने विषयमा छलफल हुने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्‍ने भएको छ । कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।