जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । अन्योल र विवादबीच सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका  छन् । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु चौतर्फी दबावपछि जेठमै चुनाव गर्न तयार भएका हुन् । शनिवार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो । स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा रहेको भन्दै स्थानीय तह निर्वाचन ऐन संविधानसँग बाझिएकाले संशोधन गरेर निर्वाचन फागुनमा सार्ने गठबन्धनका केही नेताले बताउँदै आएका  थिए ।

सम्बन्धित सामग्री

बाँकेमा जसपाले गठबन्धन नगर्ने

स्थानीय तहको चुनाव तालमेल गर्ने भनि बाँके जिल्लामा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ ।नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा जसपाले गठबन्धन नगरी आफ्नो तरिकाले चुनावी मैदानमा जाने धारणा राखेको हो । अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राइले बताए ।बाँके जिल्लामा अरु दलभन्दा जसपा बलियो छ, एक्ला एक्लै चुनाव लडेपनि चुनाव जित्ने अव

गठबन्धन स्थानीय तहको चुनाव नगराउने षडयन्त्रमा छ : एमाले नेता नेम्बाङ

काठमाडौं : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पाँचदलीय गठबन्धनमाथि सकेसम्म स्थानीय तहको चुनाव हुनै नदिने नभए सार्ने त्यो पनि नसके चुनावमा गोलमाल गर्ने सुरमा रहेको आरोप लगाए। 'उहाँहरू मलाई लाग्छ, स्थानीय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पुर्‍याउने, निर्वाचनमै गडबड गर्ने लगायत कुराहरू हुन सक्छन्,' उनले भने, 'तर एउटा कुरा के हो भने हामीले विशेष कारणवश जनतामा जाउँ न भनेकै हो। हामी आफ्नो भनाइमा अडिग छौँ।’उनले स्थानीय तहको निर्वाचन

गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएः प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएको  बताएका छन् ।  ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको आरोप समेत लगाएका छन् ।प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘एमाले चुनाव फेस गर्न तयार  छ । तर सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ ।’ उनले मुलुकको निकास ताजा जनादेशबाट प्राप्त  हुने भएकोले समयमा स्थानीय तहको चुनाव गर्नुपर्ने माग राखे

प्रचण्ड-माधवको अडानले दोहोरो चेपुवामा देउवा, गठबन्धन जोगाउन एमसिसी शर्त !

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको बैठक चलिरहेको बेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ले प्रधानमन्त्री तथा शेरबहादुर देउवाले गठबन्धन कायम राख्न अमेरिकी परियोजना एमसिसी अघि सारेको संकेत गरे। उनले शनिबार दिउँसो फेसबुकमा लेखेका थिए, ‘यदि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसी टेबुल गरे मात्र स्थानीय तहको चुनाव समयमै गर्ने शर्त राख्‍नुभएको हो भने यो सम्पूर्ण रूपमा गलत छ। अहिलेको राष्ट्रिय सवाल स्थानीय तहको चुनाव हो एमसिसी होइन।&

जेठभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई उच्चस्तरीय समितिको सुझाव

काठमाडौँः पाँच दलीय गठबन्धनको उच्चस्तरीय समितिले जेठभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ। संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको भन्दै तत्काल चुनाव नगर्ने अडानमा रहेको गठबन्धन सर्वपक्षीय दबाबपछि चुनावको तयारीमा लागेको हो।  शनिबार बसेको समितिको बैठकले चुनावको तयारी र संविधानसँग बाझिएका कानुन संशोधन आवश्यक…

सत्ता गठबन्धन बैठकः जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने

सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ।...

सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गर्दैछः गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले परिणामको डरले सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । विष्टले निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्न पटक–पटक सरकारलाई ताकेता गर्दासमेत गठबन्धन लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । आगामी स्थानीय तहको […]

गोकर्ण विष्टको आरोप- सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् ।

वैशाखमै हुन्छ स्थानीय तहको चुनाव? सञ्चारमन्त्रीले दिएनन् स्पष्ट जवाफ

काठमाडौं : चौतर्फी दबाब भए पनि सरकारले स्थानीय तहको चुनाव बैशाखमा नगर्ने संकेत गरेको छ। मंगलबार बसेको सरकार सञ्चालन समन्वय समितिको बैठकमा समयमै चुनाव गर्न गठबन्धन दलहरू सहमत भएको भनिए पनि समय तोकिएको छैन। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको चुनाव गर्ने विषयमा बैठकमा छलफल भएको बताए। त्यसो भए बैशाखमै चुनाव हुन्छ त? भन्ने पत्रकारको प्रश्नमा सञ्चारमन्त्रीसमेत रहेका कार्कीले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘संविधानले तोकेको समय