आर्थिक मन्दी लागेपछि बुटवलका घरधनीले घटाउन थाले भाडा

रुपन्देही । आर्थिक मन्दी का कारण व्यवसायी विस्थापित भएर घर खाली हुन थालेपछि रुपन्देहीको बुटवलमा घरधनीहरुले घरभाडा घटाउन थालेका छन् । कोरोना महामारीपछि संकटमा परेका होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेको व्यवसायीहरुले जनाएका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेकाले घरभाडा घटाउन माग […]

सम्बन्धित सामग्री

वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य हुँदैनः डा. कोइराला

मोरङ – वर्तमान सरकार परिवर्तन नभएसम्म आर्थिक मन्दी अन्त्य नहुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग नेता कोइरालाले आर्थिक क्षेत्रमा देखिएको मन्दी अन्त्यका लागि अहिलेको सरकार परिवर्तन हुनुपर्ने बताएका हुन्। आर्थिक मन्दी हटाउन र नागरिकमा आशा जगाउन सरकार परिवर्तन हुन आवश्यक रहेको नेता कोइरालाको भनाइ छ। प्रतिनिधि सभा सदस्यसमेत रहेका […]

आर्थिक मन्दी र सोच

सोचको शाब्दिक अर्थ मनमा उब्जने सामान्य विचार र उपायसँग मिले पनि यो एकदमै गहकिलो छ । झन्डै ५ वर्ष पहिले काठमाडौंमा भएको व्यावसायिक कार्यक्रममा एक विदेशी प्रशिक्षकले सयौं सहभागीलाई सोधेका थिए : संसारमा सबैभन्दा आत्मविश्वासी सोच भएको देश कुन हो ? हामी कसैले पनि नेपालको नाम लिएनौं, अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, जापान आदिका लियौं । उनका अनुसार अमेरिकी, यूरोपेली, चिनियाँ, जापानी, अस्ट्रेलियालीहरूले पनि यस्तै मिश्रित उत्तर दिन्छन् रे । फरक यत्ति हो, हामीले हाम्रो देशको नाम लिएनौं तर उनीहरूमध्ये केहीले आफ्नै देशको लिए । तर, उत्तर कोरिया एउटा यस्तो देश हो जहाँ सबै सहभागीहरूले आफ्नै देशको मात्र नाम लिए रे । संसारमा उँचो आत्मविश्वास भएको देशमा उत्तर कोरियालाई मान्दा आश्चर्य र हीनताबोध दुवै एकैचोटि लाग्यो । हामीमा हीनताबोध वा आत्मविश्वासको कमी हुनुको कारण हाम्रो शिक्षाप्रणाली र हाम्रा अग्रजहरूले हामीलाई सिकाएका कुराहरू नै हुन् । सानैदेखि हामीले नेपाल सानो, गरीब, अविकसित मुलुक हो भनेर सिक्यौं । अन्य देशसँग तुलना गर्ने आँट नै कहिल्यै गरेनौं । गरीबी, अशिक्षा, रोग, दु:ख आदि हाम्रो भाग्यमै छ भनेर नियति मान्यौं वा मान्न लगाइयो । सिंह जंगलको राजा भएको उसको आफ्नै सोचले हो । नत्र जंगलमा सिंहभन्दा बलियोमा हात्ती, बाठोमा स्याल, अग्लोमा जिराफलगायत कैयौं जनावर छन् । तर, कसरी सिंह जंगलमा राज गर्न सफल हुन्छ ? सिंहमा भएको सोचले उसले आफूलाई सबैभन्दा शक्तिशाली ठान्छ र जंगलको राजा बनाएको हुन्छ । संसारमा भएका सबै विकास सोचको उपज नै हो । वैज्ञानिकहरूले चन्द्रमा वा मंगल ग्रहमा पाइला टेक्नेदेखि तपाईं हामीले सामान्य दैनिकी चलाउनेसम्म यही सोचको उपज हो । सोचबाटै सबै कुराको शुरुआत तथा अन्त्य हुन्छ । एलन मस्क, मार्क जुकरवर्ग, ज्याक मादेखि नेपाली अर्बपति विनोद चौधरी सफल हुनुको कारण उनीहरूको व्यावसायिक सोच नै हो । संसारका सबै स्वास्थ्य मान्छेहरूको सोच खुशी हुनु नै हुन्छ । गहन अध्ययन गर्ने हो भने न धेरै सम्पत्ति न राम्रो स्वास्थ्यले मान्छेलाई खुशी बनाउँछ । मान्छे सबैभन्दा खुशी तब हुन्छ जब ऊ आफूमा जेजस्तो छ त्यसमै सन्तुष्ट हुन्छ । खुशी हुनु, दु:खी हुनु मान्छेको आआफ्नो सोचमा भर पर्छ ।  जीवन सरल छ, मात्र हामीले नजानेर यस्लाई साँचिकै गाह्रो बनाइदिन्छौं । यदि सोच नै सबै थोकको शुरुआत अनि अन्त्य हो भने, यदि सोच नै जीवनको सबै भन्दा खुशी हो भने, एक पैसा पनि नलाग्ने यस्तो सोच धनी, गरीब, रोगी, निरोगी, साना, ठूला, काला, गोरा हामी सबैले आफू खुशी भएको किन नसोच्ने ? जीवन जिउने कला नजान्दा हामी दु:खी छौं, निराश छौं । गीतामा भनेको जस्तो हामी रित्तै जान्छौं, मरी लानु केही छैन भनेर जान्दाजान्दै पनि तँ तँ र म म गर्छौं । राम्रो सोचे राम्रै हुन्छ, फूलको आँखामा फूलै संसार भने जस्तै फूल कि काँडा सोच्ने हाम्रो आफ्नै सोचमा भर पर्छ । खेलकै कुरा गर्दा क्रिकेटमा हामी भारत र पाकिस्तान, श्रीलंकाजस्ता विश्व क्रिकेटका च्याम्पियन भइसकेका शक्तिशाली टिमसँग राम्रै खेल्यौं । भर्खरै चीनमा भएको एशियन गेममा मंगोलियाविरुद्ध टी २० क्रिकेटमा सातओटा विश्व रेकर्ड नै बनायौं । अब विश्व च्याम्पियन हुने सोच बनाएर तयारी गरिरहने हो भने त्यो दिन धेरै टाढा हुने छैन । अहिले हाम्रो समाजमा आर्थिक मन्दीका बारेमा थाहा नभएको, नसोचेको मान्छे नै नहोला । आर्थिक मन्दी आउनुमा अन्य धेरै कारणका बारेमा हामी अत्यन्त जानकार छौं । धेरैले दिने दोष भनेको कोरोना, भूकम्प, रसिया र युक्रेनबीचको लडाइँ नै हो । अनि, अर्को एउटा चलन नै बनिसकेको छ : अस्थिर सरकार र व्याप्त भ्रष्टाचार । अहिले सहकारीमा आएको विकृति र समस्यालाई पनि औंल्याएको पाइन्छ । तर, हामी मध्ये कमैले महसूस गरेको सबैको सोचले नै मन्दी आउनुमा प्रमुख भूमिका खेलिरहेको कुरालाई नकार्न सकिँदैन । एक कान दुई कान मैदान भने जस्तै सबैले भनेकै कुराको पछि नलागेर आफ्नो बुद्धिविवेक प्रयोग गर्ने हामीमध्ये धेरैको बानी छैन । चौतर्फी अपार सम्भावना बोकेको मुलुकमा बसेर पनि मन्दीले यति साह्रो गाँज्नुमा तपाईं हाम्रो सोचले नै काम गरेको हो भन्न सकिन्छ । हरेक सूर्यास्तसँगै हजारौं नेपालीले आफ्नो राहदानीसँगै रंगीन सपना बोक्दै परदेशिनु परिरहेको छ । धेरै व्यवसायी आफू कसरी बाँच्ने भनेर रणनीति बनाइरहेका छन् । आजभोलि मान्छे निर्यात गर्ने व्यवसायी (शैक्षिक परामर्श र वैदेशिक रोजगार) बाहेक धेरैको मुहारमा खुशी भेट्न गाह्रो हुनुमा मन्दीकै असर परेको मान्न सकिन्छ ।  समाजकै मनोदशा बिग्रिएर भगवानै मान्ने डक्टरहरूलाई पनि दिनदिनै पिटिरहेको समाचार आइरहेका छन् । त्यसैले सोच बदलौं अनि अवस्था आफै बदलिन्छ । बैंकमा तरलता भएको अहिलेको अवस्थामा उद्यम गरौं, एकआपसमा आत्मविश्वास बढाऔं र यो मन्दीलाई सबै मिली परास्त गरौं । कृषि, पर्यटन र जलविद्युत्ले मात्रै पनि समृद्ध बनाउन सकिने देशमा सबैले सही सोच राखेर काम गर्ने हो भने हाम्रै पालामा संसारकै विकसित र समृद्ध देश नेपाल भनेर चिनाउन सकिन्छ । आजै सोचौं ।  लेखक नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं मार्स एडभरटाइजिङ एन्ड रिसर्च प्रालिका प्रबन्ध निर्देशक हुन् ।

बढ्दो विश्व आर्थिक मन्दी: विकासशील देशहरू टाट पल्टिने खतरा

सन् २००८ देखि नै विश्वमा आर्थिक संकटका बाछिटाहरू फैलँदै गए । त्यसताका देखा परेको आर्थिक मन्दी रियलस्टेटको लगानीले सिर्जना गरेको बताइन्छ । रियलस्टेट उत्पादनमूलक क्षेत्र होइन, घरजग्गाको मूल्य बढ्दा बजारमा रियलस्टेटको कारोबार बढ्छ । तर यो निश्चित, सीमित र संकुचित दायरामा रहने हुँदा कारोबारको रकम आम नागरिकको हातमा पुग्दैन । यसले मुद्रास्फीति बढाउन मद्दत गर्छ […]

युद्ध, आर्थिक मन्दी र वियोन्स कन्सर्ट

रुस र युक्रेन बिचको युद्धको असर संसारमा नै परेको छ। ऊर्जा संकट, आर्थिक मन्दी र जीवन यापनको कठिनाइका समाचार सामान्य भएका छन्। यो समस्या संसारका गरिब देशमा मात्र होइन एकदमै धनी देशमा पनि छ। युरोपका समृद्ध देशमा मुद्रास्फीतिको समस्या पनि त्यत्तिकै छ। स्वीडेन पुग्ने अन्य देशका नागरिकका लागि यात्रा कठिन बनेको छ। विगतको अनुभवको आधारमा […]

आर्थिक मन्दी र बैंकको ऋणका कारण विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी

आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्काेतिर लगानी गर्ने …

आर्थिक मन्दी छैन, आउन सक्छ

आर्थिक क्रियाकलापमा कमी आएसँगै मुलुकको आर्थिक वृद्धिदर कोभिड–१९ महामारी अवधिको भन्दा पनि तल ओर्लेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ३ महीनामा अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन–जीडीपी) शून्य दशमलव ८ प्रतिशत बढेको तथ्यांक सार्वजनिक गरेको छ । क्षेत्रगत रूपमा हेर्दा केही क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ, जसलाई लिएर केही विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा रहेको समेत बताएका छन् । तर, मुलुकको अर्थतन्त्र मन्दीमा गइसकेको छैन । सुस्ताएको छ जसलाई सुधार्न सरकार गम्भीर हुनुपर्ने देखिन्छ । ताजा तथ्यांकले अर्थतन्त्र मन्दीतर्फ जान सक्ने संकेत देखाएकाले सरकार आर्थिक गतिविधि बढाउने काममा जुट्न आवश्यक छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको पूँजीगत खर्च बढाउनु हो । तथ्यांक कार्यालयले अघिल्ला वर्षहरूमा यसरी त्रैमासिक तथ्यांक सार्वजनिक गर्दैनथ्यो । यो तथ्यांक नपाउँदा अर्थतन्त्रको वास्तविक अवस्था कस्तो छ भनेर थाहा पाउन निकै समय कुर्नुपर्ने हुन्थ्यो । त्यसैले त्रैमासिक तथ्यांक सार्वजनिक गर्न मागसमेत उठेको थियो । तथ्यांक कार्यालयले त्रैमासिक तथ्यांक सार्वजनिक गर्न थालेको छ जुन सकारात्मक छ । अब यसलाई निरन्तरता दिन आवश्यक छ । सार्वजनिक भएको तथ्यांकलाई हेर्दा मुलुकको अर्थतन्त्र समस्यामा देखिए पनि मन्दीमा गइसकेको भने छैन । मन्दीको खास परिभाषा छैन तर लगातार तीन त्रैमाससम्म अर्थतन्त्र ऋणात्मक रह्यो भने त्यसलाई मन्दी भनिन्छ । मन्दीका बारेमा अमेरिका बेलायत र युरोपेली युनियनको अलगअलग मान्यता पाइन्छ । अमेरिकामा केही महीनासम्म जीडीपी, वास्तविक आम्दानी, रोजगारी, औद्योगिक उत्पादन, थोक र खुद्रा व्यापारमा हुने उल्लेख्य कमीलाई मन्दी मानिन्छ । यूरोपियन युनियनले पनि यस्तै अवस्थालाई मन्दी मानेको पाइन्छ । बेलायतले भने दुई त्रैमासमा निरन्तर ऋणात्मक आर्थिक वृद्धिलाई मन्दी मानेको छ । यिनीहरूको मान्यतालाई आधार मान्दा नेपाल मन्दीमा गएको छैन । किनभने नेपालका प्रमुख सूचकहरूको आर्थिक वृद्धिदर २ त्रैमासभन्दा बढी ऋणात्मक बनेको छैन । खासगरी, कृषि, आतिथ्य सेवा, म्यानुफ्याक्चरिङ क्षेत्र ऋणात्मक रहेको छैन । निर्माण क्षेत्र भने अघिल्लो वर्षको अन्तिम र चालू आवको प्रथम त्रैमास नै ऋणात्मक रहेको देखिन्छ । तर, जीडीपीमा सबैभन्दा ठूलो योगदान दिने कृषिक्षेत्र ऋणात्मक छैन भने ज्यादै कम योगदान दिने खानी र खनिज क्षेत्र ऋणात्मक रहेको छ । पर्यटन क्षेत्रले सकारात्मक सन्देश दिएको छ । त्यसैले समग्र अर्थतन्त्र ऋणात्मक छैन र मन्दीमा पनि छैन । क्षेत्रगत आधारमा सबैभन्दा ऋणात्मक वृद्धिदर रहेको क्षेत्र खानी तथा खनिज हो । गत आवको अन्तिम त्रैमासको दाँजोमा चालू आवको त्रैमासमा यो २९ दशमलव २ प्रतिशत ऋणात्मक वृद्धिदर रहेको छ । तर, समग्र अर्थतन्त्रमा खानी तथा खनिजको योगदान धेरै नभएकाले यसले नेपालको अर्थतन्त्रमा त्यति धेरै प्रभाव भने पारेको देखिँदैन । अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने कृषि, वन तथा मत्स्यपालन क्षेत्रको वृद्धिदर १ दशमलव ६ प्रतिशत छ । यो गत आवको यही अवधिमा २ दशमलव ७ प्रतिशत थियो । यसले कृषिक्षेत्रको वृद्धिदर भने घटेको देखाउँछ । अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने निर्माण क्षेत्र चालू आवको प्रथम त्रैमासमा गत आवको अन्तिम त्रैमासको तुलनामा २४ प्रतिशतले ऋणात्मक रहेको देखिन्छ । अघिल्लो आवको अन्तिम त्रैमासमा यो क्षेत्र २ प्रतिशतले ऋणात्मक थियो । ताजा तथ्यांकले अर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखाएकाले सरकार आर्थिक गतिविधि बढाउने काममा जुट्न आवश्यक छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको पूँजीगत खर्च बढाउनु हो । चालू खर्च बढ्नासाथ निर्माण क्षेत्रको वृद्धिदर बढ्छ । अहिले पूँजीगत खर्च सन्तोषजनक छैन । पूँजीगत खर्चमा सुधार नहुने हो भने समस्या निम्तिन सक्छ । त्यसैले सरकार तुरुन्तै चनाखो हुनुपर्छ र निर्माण कार्यलाई तीव्रता दिनुपर्छ । अझै पनि पूँजीगत खर्चलाई बेवास्ता गर्ने हो भने ३ वर्षभित्र ८ प्रतिशत पुर्‍याइने भनिएको आर्थिक वृद्धि त के चालू आवका लागि घटाइएको ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि पूरा हुन कठिन हुन्छ । त्यस्तै उत्पादन वृद्धिका लागि सरकारले नयाँ उद्योग खोल्ने तथा भएका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुने वातावरण बनाउन पनि उत्तिकै आवश्यक छ ।

विद्यमान आर्थिक मन्दी र उन्मुक्तिको उपाय

विश्वमा सबैभन्दा पहिले सन् १९३० मा विश्व आर्थिक मन्दी देखा परेको थियो, जसले पूर्तिले मागको सिर्जना आफैं गर्छ भन्ने शास्त्रीय अर्थशास्त्री जेबी सेको सिद्धान्तलाई ओझेलमा पारिदियो । बजारमा अधिक उत्पादन देखा पर्‍यो, तर उपभोग बढ्न सकेन । उपभोक्ताले उपभोगप्रति चासो नै देखाएनन् । उपभोक्ताको खरिद क्षमता तीव्र दरमा घट्न पुग्यो । उत्पादित वस्तु गोदाममा थुप्रिन […]

विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएको छ । दुई वर्ष भन्दा लामो समयदेखि कोरोना भाईरसँग जुध्ने क्रममा ठूलो आर्थिक क्षति व्यहोरिसकेको विश्वमा साे युद्धले मन्दी निम्त्याउन खतरा देखिएको विश्व बैंकको तर्क छ । युरोप, पूर्वी एशिया र अल्पविकसित देशहरूले यस्तो समस्या बढी झेल्नुपर्ने […]

रुस-युक्रेन युद्धले आर्थिक मन्दी ल्याउने विश्व बैंकको प्रक्षेपण

काठमाडौं- विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ । विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो । बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ […]

‘कोरोनाले निम्त्याएको आर्थिक मन्दी १५० वर्ष यताकै असरदार’

सन् २०१९ को डिसेम्बरदेखि फैलन थालेको कोरोना भाइरस महामारीले निम्त्याएको वैश्विक आर्थिक मन्दी १५० वर्षयताकै व्यापक र उच्च रहेको पाइएको छ । सन् १८७३ देखि १८७९ सम्म ‘द लङ डिप्रेसन’ निम्तिएको थियो । सो मन्दीमा विश्वको आर्थिक गतिविधि ३३.६ प्रतिसम्म खुम्चिएको थियो ।त्यसयता पनि विश्वले दर्जनौं मन्दी भोगेपनि कोरोना महामारीले निम्त्याएको मन्दीको प्रभाव व्यापक र उच्च रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रकाशन गरेको आर्थिक बुलेटिनमा लेखेको छ, ‘पछिल्लो १५० वर्षको अवधिमा विश्वमा