संसदमा एमसीसी टेबुल

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आइतबार नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता टेबुल भएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्तुत गरेका हुन। कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने उल्लेख भए पनि सञ्चार मन्त्री कार्कीले टेबुल गरेका हुन […] The post संसदमा एमसीसी टेबुल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गरेका छन् ।‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै

एमसीसी आज सार्वभौम संसदमा टेबल हुन्छ – कार्की

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसी आज सार्वभौभ संसदमा टेबुल हुने स्पष्ट पारेका छन्। सत्ता गठबन्धनको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सरकारका प्रवक्ता कार्कीले आज हुने संसद बैठकमा एमसीसी प्रस्ताव टेबुल हुने जानकारी दिएका हुन्। सत्ता गठबन्धनले एमसीसी प्रस्ताव संसदमा टेबुल गर्ने सहमति गरेको जानकारी दिँदै अब प्रमुख प्रतिपक्षी एमालेले […]

एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने पारित गर्न नदिने

काठमाण्डाै – सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।आज बसेको स्थायी कमिटी बैठकले संशाेधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा छलफलपछि संसोधन गरेपछि मात्रै पार्टी एमसीसीको पक्षमा हुने उहाँले बताउनुभयो । तर एमसीसी सम्झौता जबरजस्ती  पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नु...

संसदमा जबर्जस्ती एमसीसी टेबुल गर्न खोजे माओवादी सरकारबाट बाहिरिने

बुधबार संसद बैठक सुरु हुनुअघि बसेको माओवादी बैठकले सरकारले  जबर्जस्ती संसदमा एमसीसी टेबुल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

एमसीसी संसदमा 'टेबुल' गर्ने सरकारको तयारी, माओवादी छलफलमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संसदमा टेबुल गराउने तयारी सरकारले गरेको छ । सत्तारुढ दलहरूबीच नै कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा एमसीसी सम्झौतालाई संसदमा टेबुल गराउने तयारी भएको हो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गराएको थियो । तत्कालीन सत्तारुढ नेकपा र हालको सरकारका सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको असहमतिका कारण सम्झौता संसद् बैठकमा पेश ह...

प्रतिनिधिसभा बैठक शुरू भएकै दिन एमसीसी 'टेबुल' गर्ने तयारी

सरकारले प्रतिनिधिसभा बैठक शुरू भएकै दिन अमेरिकी सहयोग परियोजना (एमसीसी) 'टेबुल' गर्ने तयारी गरेको छ। सोमबारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक बुधबारसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध नगरे सम्भवत बुधबार नै एमसीसी टेबुल हुनेछ । एमसीसी अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनमा सहमति भएको दाबी गरिएको छ। काग्रेस नेता रामचन्द्र पौडेलले एमसीसी परियोजनालाई कसैले रोक्न नसक्ने भन्दै संसद्मा टेबल गर्ने तयारी भइरहेको बताए । 'अब एमसीसी संसद्मा टेबुल हुन्छ, सभामुखले पनि रोके...

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन : रामचन्द्र पौडेल

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ । आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने दाबी गर्नुभएको हो । संसदमा एमसीसीबारे छलफल हुने र पारित गर्ने नगर्ने निर्णय संसदले नै लिने उहाँको भनाइ थियो । नेपाल […]

अब एमसीसी संसदमा टेबुल हुन्छ : रामचन्द्र पौडेल

सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताएका छन्। सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने बताएका हुन्।  ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने।  नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा माथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए। जबरामाथि नेपाल बार ए

संसदमा एमसीसी टेबुल गर्न सभामुखलाई कानूनमन्त्रीको प्रस्ताव

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् । यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए । तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलक