एमसीसी संसदमा 'टेबुल' गर्ने सरकारको तयारी, माओवादी छलफलमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संसदमा टेबुल गराउने तयारी सरकारले गरेको छ । सत्तारुढ दलहरूबीच नै कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा एमसीसी सम्झौतालाई संसदमा टेबुल गराउने तयारी भएको हो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गराएको थियो । तत्कालीन सत्तारुढ नेकपा र हालको सरकारका सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको असहमतिका कारण सम्झौता संसद् बैठकमा पेश ह...