मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्ला ?

काठमाडौं । सरकारले कोभिड–१९ ले कमजोर बनेको अर्थतन्त्रलाई सशक्त र पुनरुत्थान गर्ने उद्देश्यसहित शुक्रबार मौद्रिक नीति ल्याएको छ । शुक्रबार जारी गरिएको मौद्रिक नीतिले कोभिड–१९ सिर्जित परिवेशबाट अर्थतन्त्रलाई उकास्न आर्थिक पुनरुत्थान लक्षित कार्यक्रम ल्याएको हो । यसको सशक्त कार्यान्वयन गर्न सकिएमा कमजोर बनेको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७८-७९ को […] The post मौद्रिक नीतिले अर्थतन्त्रलाई पुनरुत्थान गर्न सक्ला ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुत्थान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।  नाट्टाले कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनः कर्जा कार्यविधिमा गरेक

चालू आवको मौद्रिक नीति आर्थिक पुनरउत्थानमा केन्द्रित छ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उनले आर्थिक पुनरुत्थान पनि हुन सकोस्, कार्यान्वयन गर्नेलाई पनि समस्या नपरोस् भनेर आर्थिक पुनरुत्थानलाई सँगसँगै राखेर मौद्रिक नीति ल्याएको बताए । “कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउनभन्दा यो वर्ष सहज अवस्था छ, राष्ट्र बैंकले बैंकको तथ्या

अझै जनमैत्री हुनुपर्छ मौद्रिक नीति

नेपाल राष्ट्र बैंकले सरकारको मौद्रिक नीति सार्वजनिक गरेलगत्तै यसले देशको अर्थतन्त्र उत्थानका साथै आमजनतालाई दिन चाहेको नीति तथा कार्यक्रमबारे केही चासोका साथ बहस चलिरहेको छ । कोभिड–१९ को महामारी संक्रमणले थिल्थिलो भएको देशको अर्थतन्त्र पुनरुत्थान गर्ने उद्देश्य यसमा प्रस्ट देखिन्छ । तर, यसको कार्यान्वयन कति हुने हो भन्नेमा सबैको गम्भीर चासो रहेको छ । […] The post अझै जनमैत्री हुनुपर्छ मौद्रिक नीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पुनरुत्थान केन्द्रित मौद्रिक नीति

काठमाडौं, साउन ३१। नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग पुग्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गरेका छन्, जुन कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित देखिएको छ । साथै नयाँ नीतिगत रूपान्तरणका केही नीतिसमेत यसमा परेका छन् । राष्ट्र बैंकले गत […]

चालू आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक : परिसङ्घ

नेपाल उद्योग परिसङ्घले आफूहरुले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रसन्नता व्यक्त गरेको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्घको बुझाइ छ । परिसङ्घले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको पुनरुत्थानका लागि सहयोग गर्ने उल्लेख गरेको छ । मौद्रिक नीतिले ठूला उद्योगी÷व्यवसायीलाई भने सम्बोधन गर्न

मौद्रिक नीति सकारात्मक : उद्योग परिसङ्घ

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले आफूहरुले दिएको सुझावका आधारमा चालू आर्थिक वर्षको मौद्रिक नीति आएको भन्दै प्रशन्नता व्यक्त गरेको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरुत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग र व्यवसाय निरन्तरतामा योगदान दिने परिसङ्घको बुझाइ छ । परिसङ्घले एक धारणा सार्वजनिक गर्दै पर्यटन क्षेत्रको ब्याज फ्रिज गर्ने घोषणाले यस क्षेत्रको […]

औद्योगिक पुनरुत्थान गर्ने मौद्रिक नीति ल्याउन उद्योगीको माग

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूले बिहीवार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर औद्योगिक पुनरुत्थान हुनेगरी मौद्रिक नीति ल्याइनुपर्ने बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अगुवाइमा गएको टोलीले अर्थमन्त्री शर्मालाई २१ बुँदे सुझावपत्र समेत बुझाएको छ । मुलुकको अर्थव्यवस्थाको सही जानकारीपछि बजेट कस्तो र कसरी ल्याउन सकिन्छ भन्ने विषयमा परामर्शमा रहेका अर्थमन्त्री शर्मालाई प्रदेश १ का उद्योगी व्यवसायीले अर्थ मन्त्रालयमै भेटेर आफ्नो धारणा राखेका हुन् । कोभिड १९ को प्रभावका कारण सबै ऋणीको ब्याज मिनाहा गरिनुपर्ने, कर्जा भुक्तानी गर्ने म्याद थपिनुपर्ने, हाल कायम रहेको बैंकिङ क्षेत्रको स्प्रेडदर अधिकतम ३ दशमलव ५ प्रतिशत कायम गरिनुपर्ने, क्रेडिट रेटिङका सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीको हरुको हकमा ५० करोडकै सीमा र निजी कम्पनीहरूको हकमा २०० करोडको सीमा निर्धारणको व्यवस्था मौद्रिक नीतिमा समावेश हुनुपर्ने माग अर्थमन्त्री शर्मासँग उनीहरूले राखेका छन् । त्यस्तै उद्योगी÷व्यवसायीका लागि कर्जा, पुनर्कर्जा लिने प्रक्रिया सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने, पुनर्कर्जाका व्यवस्था प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्ने, लकडाउनका कारण घाटा बेहोरेका एवं नकारात्मक प्रभाव परेका स्वदेशी उद्योग प्रतिष्ठानलाई आगामी तीन वर्षसम्मका लागि सूक्ष्म निगरानीमा नराख्ने व्यवस्था मौद्रिक नीतिमा गरिनुपर्ने माग गरिएको छ । सरकारद्वारा घोषित लकडाउनको अवधिका लागि बैंकहरूले लिँदै आएका सेवा शुल्क, नवीकरण शुल्क आदि खारेज गरिनुपर्ने र बैंक ग्यारेन्टी, प्रशासनिक आदि शुल्क घटाएर उद्योगी व्यवसायीको उधारो एवं पूँजी संरक्षण गर्ने स्रोतहरूको उपयोगितामा जोड दिन समेत माग गरिएको छ । कोभिडका कारण गम्भीर असर परेका एवं बन्द भएका पर्यटन, यातायात, होटल÷रिसोर्ट, पोल्ट्री आदि क्षेत्रका लागि विशेष सहुलियतसहित न्यून दरमा कर्जा नवीकरण गरिनुपर्ने लगायत माग समेत उद्योगी व्यवसायीको छ । टोलीमा व्यापार संघका अध्यक्ष मुन्दडासहित वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्षहरू पवनकुमार सारडा र महेश जाजु थिए । विद्युत् आपूर्तिमा भएको समस्या समाधान गर्न माग यसैबीच, मोरङ व्यापार संघको टोलीले बिहीवार नै ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेर विद्युत् समस्या समाधानका लागि आग्रह गरेको छ । पछिल्लो समय सुनसरी मोरङ औद्योगिक कोरिडोरमा विद्युत्को आपूर्ति अनियमित भएको छ । संघका अध्यक्ष मुन्दडा नेतृत्वको टोलीले ऊर्जामन्त्री भुसालसहित ऊर्जा सचिव देवेन्द्र कार्कीसँग भेट गरेर मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगले विद्युत् आपूर्तिमा भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराएका थिए । उक्त अवसरमा अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रमा ३३ केभीए लाइन जडान रहे पनि हाल विद्युत् आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित भएको बताएका थिए । टोलीले विद्युत् महशुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण उद्योगहरूको लागत खर्च बढेको र त्यसको भार उपभोक्तावर्गलाई समेत परिरहेको अवगत गराएको थियो । मन्त्री भुसालले समस्या समाधानमा लाग्ने वचन दिएकी थिइन् ।

निजी क्षेत्रमैत्री मौद्रिक नीति ल्याउन दौडधुप

काठमाडौं। नेपालका निजी क्षेत्रका तीन वटा छाता संगठनले कोभिडले थलिएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिले समेट्नुपर्ने विषय जानकारी गराएका हुन्। छलफलमा अधिकारीले निजी क्षेत्रको माग समेट्ने बताएका छन्।

आर्थिक पुनरुत्थान हुने मौद्रिक नीति निजी क्षेत्रको अपेक्षा

कोरोना महामारीका कारण गत वर्षदेखि नै व्यापार व्यवसायमा आएको संकुचनसँगै निजी क्षेत्रले आर्थिक पुनरुउत्थान हुने मौद्रिक नीतिको अपेक्षा गरेका छन् ।नेपाल राष्ट्र बैकले मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेको बेला निजी क्षेत्रमार्फत राष्ट्र बैंकमा दिनहुँजसो पठाउने सुझावहरुले पुनरुउत्थान हुने मौद्रिक नीतिको अपेक्षा गरेको देखिएको हो । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयनको […]

आर्थिक पुनरुत्थान गर्ने मौद्रिक नीति ल्याउन सुझाव

नेपाल समचारपत्र, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का निम्ति नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गर्दै गर्दा मौद्रिक नीतिप्रति चासो बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् वित्तीय क्षेत्रलाई मार्गनिर्देश गर्ने भएकाले यसप्रति चासो बढेको हो । कोभिड–१९ को कारण विश्व अर्थतन्त्र प्रभावित भएका बेला केन्द्रीय बैंकले आर्थिक पुनरुत्थान तथा अर्थतन्त्र चलायमान गर्नका […]