एएसएलको नयाँ मिति प्रस्ताव, एन्फाको निर्णय आउन बाँकी

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसल)को नयाँ मिति प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सेटेम्बर देखि अक्टोबरसम्मको मिति मागेको नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताए ।खेलाडी अनुबन्धको विषयमा विवाद  हुँदा एनएसएको टाइसिट ड्र रोक्न एन्फाले निर्देशन दिएको थियो । एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताउँदै नयाँ मितिका लागि प्रस्ताव गर्ने बताएको थियो । नयाँ मितिका लागि

सम्बन्धित सामग्री

थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ निलम्बित

बैंकक । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री प्रायुथ चान–ओचालाई निलम्बन गरिदिएको छ । बुधबार पाँचजना न्यायाधीशको इजलासमा भएको निर्णयमा चारजना न्यायाधीश प्रधानमन्त्री प्रायुथलाई तत्काल निलम्बन गर्ने पक्षमा उभिएपछि उनी निलम्बित भएका हुन् । तर अदालतबाट अन्तिम फैसला आउन बाँकी छ । अदालतले अन्तिम फैसलाको मिति पनि तोकेको छैन । आजैदेखि लागु हुनगरी अन्तिम फैसला नआउन्जेलसम्मका लागि उनलाई निलम्बन गरिएको...

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त

काठमाडौं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करीब २० प्रतिशत स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीवारदेखि सकिएको छ । देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मक रूपमा बढी मतदाता रहेका महानगरपालिका र उपमहानगरपालिकाको मतगणना सकिन अझै केही दिन लाग्ने देखिएको छ । संविधानतः जनप्रतिनिधिमूलक स्थानीय तहमा पद रिक्तता हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीको काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिएको छ । यद्यपि जेठ ५ गतेअगावै निर्वाचन भइसकेकाले कानूनी रूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने निर्वाचन आयोगले बताएको छ । नेपालको संविधानको धारा २१४ अनुसार स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा निहित छ । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । नेपालको संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुईजना सदस्य हुने व्यवस्था छ । यस्तै धारा २१६ को उपधारा (४) बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र नगरसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था छ । त्यसैगरी निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य, जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्नेगरी आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेको थियो । तर विभिन्न कारणले बिहीवारसम्ममा स्थानीय तहमा मतगणना सम्पन्न हुन सकेको छैन । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बढीभन्दा बढी मतगणना टोली परिचालन गरी यथाशक्य मतगणना सम्पन्न गर्न निर्देशन दिइएको बताए । साथै गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा चार दिनभित्र मतगणना कार्य सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन अन्तर्गत बिहीवार साँझसम्ममा ८० प्रतिशत तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । आयोगले अबको पाँच दिनभित्र बाँकी पालिकाको गणना सकिने विश्वास लिएको छ । वैशाख ३० गते देशभरका ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका सम्पूर्ण मतदान केन्द्रमा मतदान सञ्चालन भएको थियो । मतदानका क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन पुगेकामध्ये अधिकांशमा पुनः मतदान भइसकेको छ । अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम छ भने उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी छ । आयोगले निर्वाचन प्रक्रियामा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ र स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ को व्यवस्थाको प्रतिकूल हुने गरी कार्य गर्ने कर्मचारीको विवरण पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । रासस

यी हुन् यस वर्ष प्रदर्शनमा आउने प्रतीक्षित नेपाली फिल्म

काठमाडौं : कोरोनाका कारण लगभग दुई वर्ष कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्।गत साता प्रदर्शनमा आएको हरर फिल्म 'कठपुतली'ले नेपाली फिल्ममा पनि दर्शक आउँछन् भन्ने साबित गरिसकेको छ। तिहारदेखि लामो समयदेखि रोकिएका नेपाली फिल्मले आफ्नो प्रदर्शन मिति तोक्न थालेका थिए।जसमा कठपुतली गत साता प्रदर्शनमा आयो भने प्रदर्शनका लागि तयार रहेका दर्जनौँ फिल्म प्रदर्शनमा आउन बाँकी नै छ। यो वर्ष प्रदर्शनमा आउन लागेका केही प्रतीक्षित फिल्म यस्ता छन्,१. चपली हाइट ३आकाश बरालको लेखन, नि

मोरङमा सर्‍यो कांग्रेसको १४औँ महाधिवेशन

मोरङ – नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा शनिबारबाट हुने भनिएको गाउँ नगरपालिका अधिवेशनको मिति सरेको छ। जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले वडा तहको अधिवेशनको मतदान नतिजा आउने क्रममा शुक्रबार बेलुकासम्म नसकिएको हुँदा पालिका तहको निर्वाचन केही दिन पछि सर्ने भएको जानकारी दिए। उनका अनुसार ५४ वटा जिल्लाको नतिजा आउन बाँकी नै छ। निर्वाचन अधिकृत […]