धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर नदीमा गएका थिए । पाँचथरको तुम्बेवा गाउँपालिका–२ […]