उद्घाटनसत्र सकिएसँगै पौडेल र सिटौला समूह आन्तरिक छलफलमा

पार्टीको १४ औं महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै नेपाली काँग्रेसको दुई समूह छुट्टाछुट्टै छलफलमा जुटेको छ । नेता रामचन्द्र पौडेल पक्षको बैठक राजधानीको बत्तीसपुतलीमा सुरु भएको छ । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर कोइराला र शशांक कोइरालाको सहभागिता रहेको नेता गगन थापाले बताए । बैठकबाट आफूपक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास हुनेछ ।   यसैबीच कृष्ण सिटौला समूह पनि छुट्टै आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका ...

सम्बन्धित सामग्री

कांग्रेसमा संस्थापन मौन सक्रियता बढाउँदै इतर समूह

केन्द्रीय कार्यसमिति बैठकपछि संस्थापन पक्षका गतिविधि देखिएका छैनन् । तर, शेखर–गगन र सिटौला समूह भ्रातृ संस्थाका गतिविधि र कार्यक्रममार्फत सक्रियता बढाउँदै छन् । १० साउनमा केन्द्रीय समिति बैठकपछि कांग्रेसका संस्थापनबाहेकका दुई (शेखर–गगन र...

सिटौला समूह आन्तरिक छलफलमा जुट्यो

नेपाली काँग्रेसको कृष्ण सिटौला समूह आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको हो । आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग फाइनल छलफल गर्ने बुझिएको छ । सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन् भने उनले आफूलाई साथ दिनेहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् ।

आज प्यानल घोषणा गर्दै सिटौला समूह

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला समूहले आफ्नो अलग्गै प्यानल घोषणा गर्ने तयारी गरेको छ।. आज दिउँसो ३ बजेगौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयबाट सिटौलाले प्यानल घोषणाको तयारी गरेका छन् । उक्त प्यान घोषणा कार्यक्रममा सिटौला पक्षका देशभरका नेता कार्यकर्ता सहभागी हुने जनाईएको छ । सिटौलाले सभापतिमा आफै उठ्ने […]

मोरङमा शेखरविरुद्ध देउवा र सिटौला समूह एक‚ गच्छदारलाई विष्टको सहयोग

विराटनगर : नेपाली कांग्रेस मोरङको सभापति पदका लागि हुने दोस्रो निर्वाचनमा दीलिप गच्छदारलाई  यदु विष्टले सघाउने भएका छन्। विष्ट यसअघिका सभापतिका प्रतिस्पर्धी हुन्।विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विष्टले कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताएका छन्। वैचारिक सिद्धान्त मिल्ने र आगामी ५ वर्षमा आफ्ना एजेण्डाहरुलाई निरन्तरता दिने प्रतिवद्धताका आधारमा गच्छदारलाई समर्थन गरेको उनले बताए।‘निष्ठा, न्याय र सेवाको भावले राजनीति गर्नुपर्छ मेर

कांग्रेस क्षेत्रीय अधिवेशन : झापामा सिटौला समूह हावी

झापा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापाका पाँचवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक परिणामले दुई नेता कृष्ण सिटौता समूह र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा भएको देखाएको छ।दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि सोमबार निर्वाचन भएको थियो। पाँच वटा निर्वाचन क्षेत्रमध्ये सिटौलाले समर्थन गरेका क्षेत्र नम्बर २, ३, ४ र शर्माले समर्थन गरेका क्षेत्र नम्बर १, ५ का क्षेत्रीय सभापतिका उम्मेदवार विजयी भएका छन

उपत्यकामा प्रकाशमानलाई कमजोर पार्न सिटौला समूह सक्रिय

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा सभापतिका दाबेदार प्रकाशमान सिंहको पक्षमा लागेपछि कृष्णप्रसाद सिटौला झस्किए । पूर्वमहामन्त्री सिटौला गगन थापासँग मात्र रुष्ट भएनन् सिहसँग झन् सतर्क भए । थापालाई साथमा लिएर सिंह हिडेपछि देशभरको माहोल बदलियो । विशेषगरी उपत्यकामा सिटौला पक्ष सिहलाई कमजोर बनाउन सक्रिय भएको छ । काठमडौंमा सिटौला पक्षका […]

दोलखामा पुन मतदान : पौडेल र सिटौला समूह भिड्ने, देउवा समूह निर्णायक

नेपाली काँग्रेस दोलखाको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुन लागेको  हो । कुल खसेको १५४५ मतमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएर पहिलो भएका छन् । यस्तै कृष्णप्रसाद सिटौला पक्षका सभापति उम्मेदवार ताराकुमार खड्का ३९७ मत ल्याउँदै दोस्रो बनेका छन्। नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको गृह जिल्लामा सिटौला समूह बलियो देखिएको छ ।  सभापति शेरबहादुर देउवा समू

गगनले प्रकाशमानलाई साथ दिँदापनि तारकेश्वरमा सिटौला समूह विजयी

काठमाडौंमा नेपाली काँग्रेसको नगर अधिवेशनको नतिजा आउने क्रम जारी छ । शनिबार अधिवेशन भएका ८ वटा नगरमा परिणाम आउन थालेको छ । शनिबार सम्पन्न अधिवेशनबाट तारकेश्वर नगरपालिकाको नगर सभापतिमा  कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहका महर्जनले नेता प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् । सिटौला समूह छोडेर गगनले प्रकाशमान सिंहलाई साथ दिएपनि श्रीराम थापा पराजित भएका छन् । सिटौला समूहका नेता भीमसेनदास प्रधानले देउवा समूहसँगक

संसद् विघटनको विरोधमा सडकमा कांग्रेसको सिटौला समूह

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीलाई संसद् विघटनको असंवैधानिक कदमलाई सच्याउन सुझाब दिएका छन् । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरे पनि पुनस्र्थापना वा चुनाव भन्नेमा कांग्रेसभित्र विवाद भइरहेका वेला...