कांग्रेस क्षेत्रीय अधिवेशन : झापामा सिटौला समूह हावी

झापा : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत झापाका पाँचवटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक परिणामले दुई नेता कृष्ण सिटौता समूह र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माबीच प्रतिष्पर्धा भएको देखाएको छ।दुवै नेताका समर्थनबाट उम्मेदवारी दिएकाहरूले आ–आफ्नो अडान नछाडेपछि सोमबार निर्वाचन भएको थियो। पाँच वटा निर्वाचन क्षेत्रमध्ये सिटौलाले समर्थन गरेका क्षेत्र नम्बर २, ३, ४ र शर्माले समर्थन गरेका क्षेत्र नम्बर १, ५ का क्षेत्रीय सभापतिका उम्मेदवार विजयी भएका छन