दुर्गम र पिछडिएको जाजरकोट अहिले तीन मूल सडकको बीचमा

जाजरकोट– दुर्गम र पिछडिएको पगरी गुथाइएको जाजरकोटलाई तीन वटा ठूला सडकले बीचमा पारेको छ । छिन्चु-जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी-रारा सडकको बीचमा जाजरकोट रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ ।  जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गकोसमेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र […]

सम्बन्धित सामग्री

दुर्गम गाउँमा बल्ल विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन, पुस १५ । नेपाल विद्युत् प्राधिकरण, बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ। ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन। अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने […]

हुलाकी सडकले सुगम बन्दै दुर्गम गाउँ

राँझा (बाँके)– बाँकेका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन्। हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरबाट नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको छ। विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने भएको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए। “पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा […]

दुर्गम बस्तीमा अहिले पनि घट्टकै भरमा चल्छ दैनिकी

पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन्। तर, जुम्लाको दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ।...

मोहन्यालमा सडककै दुःख !

शताब्दीऔं पुरानो अवस्थामै अहिले पनि जीवन गुजारी रहेका छन् सुगम जिल्ला कैलालीको दुर्गम मोहन्याल गाउँपालिकाका बासिन्दा।...

दुर्गम गाउँका बासिन्दालाई पुलकै चिन्ता

ढोरपाटन, २० वैशाख । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट वडा नं ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घन्टा लाग्छ । चार वर्ष अगाडिमात्रै सडकले जोडिएको सो गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छ । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो । नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ । हिउँदयाममा […]

दुर्गम गाउँ गुर्जाली बदलिंदो चिनारी ‘रातो च्याउ’ र ‘गोल्डेन स्याउ’

म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत …

खाद्यान्न ढुवानीमा अहिले पनि चौरी, याक र खच्चडको भर

हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा अझै पनि खच्चड, चौंरी, पिठीए र याकमार्फत खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ। सडक संजाल नजोडिएको र यातायातको पहुँच नपुगेका क्षेत्रहरुमा पशुमार्फत खाद्यान्नसहित उपभोग्य सामग्री...

तमानखोला : पहिले दुर्गम, अहिले सुगम

बागलुङ : तमानखोला गाउँपालिका-६ नर्जाखानीका मिनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनका ८ दशकमा उनले कैयौँ दुःख कष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्। झन् अहिले गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्ने बताउँछन्।‘अहिले गाउँमा मोटरगाडी आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन। यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानु पर्थ्यो। बिहान उठेर बजार गयो भने मध्यरातमा आइपुगिन्थ्यो,’ छन्त्यालले भने‚ &l

बदलिँदै बागलुङको दुर्गम गाउँ बोलाङको चिनारी

बागलुङ : जिल्ला  सदरमुकामदेखि दूरको गाउँ बोबाङ। विगतमा यो गाउँ निकै दुर्गम मानिन्थ्यो।यहाँ बसोबास गर्ने अधिकांश मानिस आफ्नै रहनसहन, बोलीचाली, खानपान र संस्कृति छ। प्रायजसो यहाँका सर्वसाधारण खेतीपाती र पशुपालनमै निर्भर छन्। शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधार कमै मात्रमा भएकाले यो ठाउँलाई दुर्गम भनिन्थ्यो। तर अहिले त्यस गाउँको परिचय नै बदलिएको छ। ढोरपाटन नगरपालिका–७ र ८ मा पर्ने यो गाउँ पहिलेको जस्तो रहेन। स्थानीय शिक्षित बन्न थालेकाछन्। स्वास्थ्य, शिक्षा, खानोपानी यातायात

हुस्सुले तराई तथा दुर्गम भेगका जिल्लाको उडान प्रभावित

काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन । यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट ...