बजेटमा सिंचाइ: सतह, भूमिगत र नयाँ प्रविधिको सिँचाइ प्रणाली विकासलाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी बजेट मार्फत 'सिँचाइमा लगानी, खेतबारीमा पानी' भन्ने नाराका साथ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला, जलाशययुक्त र जलपथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिने भएको छ ।  कृषियोग्य भूमिमा वर्षैभरि भरपर्दो सिँचाइ उपलब्ध गराउन सतह, भूमिगत र नयाँ प्रविधिको सिँचाइ प्रणाली विकासलाई प्राथमिकतामा राखी आयोजना छनौट गरिएको बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री प्रकाश शरण महतको भनाइ जस्ताको तस्तै सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनेछ। पूर्वी मूल नहरतर्फको ३७ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको शुरूवात गरिनेछ। यस आयोजनाको लागि रु. ८० करोड विनियोजन गरेको छु। रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर सिञ्चित हुने शाखा नहर सञ्चालन गरी बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराइने छ । महाकाली सिंचाइ आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ। कञ्चनपुर जिल्लाको ब्रम्हदेव क्षेत्रको २ हजार ९ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन शाखा नहर निर्माण कार्य अगाडि बढाइनेछ। यस आयोजनाका लागि रु. १ अर्ब १७ करोड व्यवस्था गरेको छु। मध्य तराईको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सेवा उपलब्ध गराउन निर्माण भइरहेको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न गरिनेछ। आयोजनाको हेडवर्क्स तर्फको कार्य तीव्र गतिमा अघि बढाइनेछ। यस आयोजनाका लागि रु. ४ अर्ब १७ करोड विनियोजन गरेको छु। भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजनाको हेडवर्क्स तथा पावर हाउसको निर्माण कार्य शीघ्र सम्पन्न गरी बर्दिया र बाँके जिल्लाको ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ उपलब्ध हुने व्यवस्था मिलाइनेछ। यसका लागि रु. १ अर्ब ७४ करोड बजेट छूट्याएको छु। भूमिगत जलस्रोतको उपयोग गरी सर्लाही तथा रौतहट जिल्लाको २२ हजार हेक्टर क्षेत्रका लागि नविन यान्त्रिक सिंचाइ आयोजनाको निर्माण कार्य थालनी गरिनेछ। दाङ जिल्लाको देउखुरी उपत्यकामा प्रगन्ना तथा वडकापथ सिँचाइ आयोजनाको मूल नहर विस्तारको कार्यलाई निरन्तरता दिइनेछ। बृहत दाङ उपत्यका सिँचाइ आयोजनाको सिँचाइ प्रणाली पुनर्स्थापना एवं पुनःनिर्माणबाट करिव ३ हजार हेक्टर तथा पोखरी र डिप ट्युववेल निर्माण बाट थप करिव ६ सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइनेछ। कर्णाली प्रदेशका दशवटै जिल्लामा नदी उपत्यका र टारमा सतह तथा लिफ्ट मार्फत सिँचाइ सुविधा उपलब्ध गराउन एकीकृत कर्णाली सिँचाइ विकास आयोजना सञ्चालन गरिनेछ। यसबाट रैथाने बालीको संरक्षण र विस्तार गर्नुका साथै कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्न सघाउ पुग्ने विश्वास लिएको छु। सुनसरी-मोरङ, चन्द्र नहर, वागमती, नारायणी लगायतका ठूला सिँचाइ प्रणालीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मर्मत-सम्भार तथा पुनर्स्थापनाका लागि रकम विनियोजन गरेको छु। आगामी आर्थिक वर्षमा सञ्चालन हुने सिँचाइ आयोजनाबाट थप १८ हजार ४ सय हेक्टर जमिनमा सिंचाइ सेवा विस्तार गरिनेछ।  

सम्बन्धित सामग्री

भूमिगत गरिँदै विद्युतका तार

काठमाडौंको मैतीदेवी क्षेत्रमा विद्युत्का तार भूमिगत गरिँदै । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंलगायतका सहरको विभिन्न ठाउँमा विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत गर्ने कार्य्रलाई तीव्र रूपमा अघि बढाइरहेको छ । प्राधिकरणले १२ अर्ब रुपैयाँ लगानीमा ५ फागुन...

बेवारिसे बन्दै विद्युत् तार भूमिगत अभियान

सडकसँग सम्बन्धित सरकारी निकायहरूको असहयोगले विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत अभियान बेवारिसे बनेको छ । सडक विभागसँग तार भूमिगत गर्न प्राधिकरणले सात स्थानमा अनुमति मागे पनि विभागले अनुमति नदिँदा...

दसैँ–तिहारभर धरहराको भूमिगत पार्किङ नि:शुल्क

सुन्धारास्थित धरहराको भूमिगत पार्किङ सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाले दसैँ–तिहारलगायत चाडबाडलाई लक्षित गरी धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको हो । आइतबारदेखि सञ्चालनमा आएको भूमिगत पार्किङ नि:शुल्क भएको महानगरले जनाएको छ । ‘चाडबाडलाई लक्षित...

भूमिगत सिँचाइ प्रणाली उद्घाटन

काठमाडौँ,२२ पुष । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेको हो । रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर […]

यसकारण बन्नुहुन्न खुलामञ्चमा भूमिगत पार्किङ

खुलामञ्चमा भूमिगत पार्किङ बनाउँदा प्रभावित हुने एउटा मात्र पाटो छैन । महानगरपालिकाको नेतृत्व ती सबै पक्षमाथि विचार गरेर अगाडि बढोस् ।

बानेश्वर प्लाजामा भूमिगत पार्किङ खुल्यो

७ असोज, काठमाडौं । बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि विभिन्न पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो । शुक्रबार एक कार्यक्रमका बीच प्लाजामा सञ्चालनमा आएको भूमिगत पार्किङको औपचारिक उद्घाटन भएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएके छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूसमगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा […]

भूमिगत संग्रहालयमा शालिग्राम

बागलुङ नगरपालिका-४ कुडुँलेस्थित भूमिगत सङ्ग्रहालयमा राखिएको विश्वकै दुर्लभ शिलाको रुपमा रहेको शालिग्राम । तस्वीरः खेमराज गौतम/रासस

भूमिगत पानी पुन:भरण प्रणाली निर्माण गर्दै काठमाण्डाै महानगर

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ । मेयर विद्यासुन्दर शाक्यले नन्दी स्कुलमा आकासे पानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गर्दै आकासे पानी संकलन र भूमिगत पानी पुनर्भरण कार्यक्रमलाई प्राथामिकता दिएको बताउनुभयो । उहाँले प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र भूमिगत पानी पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको बताउनु...

बिजुलीको तार भूमिगत गर्ने काम निषेधाज्ञामा पनि रोकिएन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तारलाई भूमिगत (अन्डर ग्राउण्ड) गर्ने काम निषेधाज्ञाका बेला पनि निरन्तरता दिएको छ। प्राधिकरणले अहिले धोबीखोला करिडोरको सेतोपुल‚ रातोपुल, कालोपुललगायत ठाउँमा तारलाई भूमिगत गर्दै आएको छ।कामदारका अनुसार धोबीखोला करिडोरको करिब तीन किलोमिटर तारलाई भूमिगत गर्न सकिएको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेको बताए।उनले भने, ‘कोरोना जोखिमका कारण अहिले पनि निषेधाज्ञा जारी छ, तै पनि कामदार

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार

काठमान्डाैं / काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी... The post काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार appeared first on Purbeli News.