सप्तकोशीमा पानीको बहाव उच्च, सुनसरी खोलाले दर्जन परिवार विस्थापित

नेपाल कै सबैभन्दा ठूलो नदी सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सप्तकोशी नदीमा शनिबार विहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव दुई लाख ३१ हजार ६५५ क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । सप्तकोशी नदीमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

चाैतीस वर्षपछि कोसीको बहाव फर्किंदा उठिबास: दुई हजार परिवार विस्थापित

कोसी ब्यारेज कन्ट्रोल कार्यालयका अनुसार अहिले कोसी नदीमा २ लाख २२ हजार ७४० क्युसेक पानीको बहाव छ। ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खोलिएका छन्। कार्यालयकाअनुसार अहिलेसम्म कतैबाट थप ढोका खोल्न आदेश आएको छैन।

सप्तकोशीमा पानीको बहाव १ लाख ४१ हजार क्युसेक पुग्यो

मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ । यस्तै मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए । यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ । सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएक

डुबानमा परेका गोबरगाढाका ७५ परिवारको उद्धार

सप्तरीको टापु भनेर चिनिने गोबरगाढा बस्तीमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका छन् । बस्तीमा करिब तीन फिटसम्म बाढी पसेपछि प्रहरीको सहयोगमा ती परिवारलाई उद्धार गरी उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा राखेको बताइएको छ ।  लगातार तीन दिनदेखि परेको अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै हनुमाननगर कङ्कालिनी नगरपालिका-१३, गोबरगाढाका ७५ परिवारलाई डुङ्गामा राखेर सुरक्षित स्थानमा राखिएको वडा अध्यक्ष विन्देश्वर यादवले जानकारी दिनुभयो ।