नागरिकता विधेयकमा राजनीति गरेको छैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन र नागरिकता विधेयकका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका नेताहरू र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूसँग मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र नागरिकता विधेयकबारे छलफल गर्नुभएको हो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भएको भेटमा नागरिकता विधेयकका सन्दर्भमा आ–आफ्ना भनाइ राख्दै निर्वाचन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रपति भण्डारीले भेटवार्ताका क्रममा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने एमालेको तयारी

काठमाडौं, ७ असोज । नेकपा (एमाले) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनेगरि तयारी थालेको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सकिएपछि पार्टीको नेतृत्व तहमा नै फर्काउनुपर्ने बहस सिर्जना भएको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका नेता गोकुल बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानूनी व्यवस्था नभएको भन्दै राष्ट्रपति भण्डारी […]

राष्ट्रपति भण्डारी राजीनामा दिने मुडमा, सैनिक अधिकारीहरुसँग परामर्श !

काठमाडौं, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मुडमा पुगेको चर्चाले राजनीति तातिएको छ । नागरिकता विद्येयको कारण उनी राजीनामा दिनेगरि आन्तरिक परामर्शमा जुटेको बताईएको छ । यसअघि राष्ट्रपति भण्डारीले विद्येयक फिर्ता गरेकी थिईन् । तर, प्रतिनिधिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विद्येयक हुबहु प्रतिनिधिसभाबाट पारित गरेपछि उनी राजीनामा दिनेगरि आन्तरिक छलफलमा जुटेको बताईएको छ […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटघाट

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । प्रेस विज्ञ बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अपरान्ह ७ः३० बजेदेखि शीतलनिवासमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । छलफल जारी छ ।

आलंकारिक राष्ट्रपतिको राजनीति गरिरहने रहर

जसरी यसअघि विघटित नेकपाको आन्तरिक कलह मिलाउन राष्ट्रपति भण्डारी प्रयासरत थिइन्, उसैगरी एमालेको सम्भावित विभाजनमा समेत आफ्नो भूमिका खोजेकी छिन् ।