राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटघाट

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुभएको छ । केहीबेरअघि प्रधानमन्त्री ओली नियमित छलफल र भेटघाटका लागि शीतल निवास पुग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो । प्रेस विज्ञ बजगाईकाअनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो । सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउनु तथा समसामयिक विषयमा परामर्श गर्नु प्रधानमन्त्रीको कर्तव्य भित्र पर्छ । पछिल्लो समय नेपालको राजनीति पेचिलो बन्दैगएकाबेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु, भेटघाट गर्नु सामान्य कुरा भएको बालुवाटार स्रोतको भनाई छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अपरान्ह ७ः३० बजेदेखि शीतलनिवासमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । छलफल जारी छ ।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारी बुटवलमा

रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल पुगेकी हुन्।...

राष्ट्रपति भण्डारी बुटवलमा

काठमाडौँ,७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकि छन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकि हो । राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत् रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरे […]

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमण गरी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन्।...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी शनिवार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका हुन् ।  आइसल्याण्ड भ्रमणमा रहेकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

बालेनको निशानामा राष्ट्रपति भण्डारी पनि

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निशानामा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत परेकी छन्। छोटो अवधि राष्ट्रपति भण्डारी सांसद बनेको काठमाडौँ क्षेत्र नम्बर २ को एक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनले आफ्नै क्षेत्रको समस्या ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री माधव […]

बडिमालिका दर्शन गर्न राष्ट्रपति भण्डारी बाजुरामा

काठमाडौं, जेठ १८ । राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको प्रसिद्व शक्तिपिठ बडिमालिका पुगेकी छन् । बडिमालिका दर्शनका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी हुन्। अनौपचारिक भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी मंगलबार काठमाडौंबाट सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। उनले हिजो दिउँसो सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारी भ्रमण सकेर आजै […]

हेलिकप्टर चडेर पोखरा पुगीन् राष्ट्रपति भण्डारी

काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज (सोमबार) पोखरा पुगेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् पोखरा गएकी राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ । Filephoto

रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी महोत्तरी जाँदै

काठमाडौं, मङ्सिर ६ । मटिहानीमा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरी जाने भएकी छन् । मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन गर्न राष्ट्रपति भण्डारी अहिले १० बजे त्यसतर्फ जान लागकी हुन् । राष्ट्रपति भण्डारी सवार हेलिकप्टर जलेश्वरको परिकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा ल्याण्ड गरिने छ । राष्ट्रपति भण्डारी सर्वप्रथम मटिहानी मठमा […]

राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि रात बस्दै चन्द्रागिरीमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी परिवारसहित चन्द्रागिरी रिसोर्ट पुगे‍की छिन्। छोरीज्वाइँसहितलाई लिएर सोमबार दिउँसो २ बजे राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्ट पुगेको स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारी मंगलबार  दिवाखाना खाएर त्यहाँबाट फर्कने कार्यक्रम छ। राष्ट्रपति भण्डारी रिफ्रेसमेन्टका लागि चन्द्रागिरि रिसोर्ट पुगेकी हुन्।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको […] The post राष्ट्रपति भण्डारी स्वदेश फिर्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.