पक्की पुल नहुँदा सास्ती

तिनाउ गाउँपालिका–१ र २ जोड्ने कुर्मान खोलामा पक्की पुल नहुँदा त्यहाँका स्थानीयले हरेक वर्ष वर्षायाममा सास्ती खेप्नुपर्छ ।

सम्बन्धित सामग्री

गाईघाट खोलामा पक्की पुल नहुँदा सास्ती

पाल्पा– पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो […]

तम्घास सिमलटारी सडकमा पक्की पुन नहुँदा सास्ती

२७ भदौ, गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ । तम्घास […]

पुल नहुँदा सास्ती

पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ जोड्ने उत्तरगंगा नदीमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । पैदल यात्रा गर्नेहरू झोलुंगे पुल तर्छन् । गाडीमा आउजाउ गर्नेलाई समस्या छ । गाडीले नदी पार गर्न नसक्दा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । यस नदीमा २०६९ सालदेखि निरन्तर सर्वसाधारणले दुःख पाइरहेका छन् । यहाँको गरसम्म सडक निर्माण भइसकेको छ ।

१२ वर्षमा पनि बनेन पुल

भोजपुर र संखुवासभा जोड्ने लम्सुवा घाटको पक्की पुल १२ वर्ष बित्दा पनि बन्न सकेको छैन । केही दिनअघि गृह जिल्ला आएका मुख्यमन्त्री राजेन्द्र राईले पनि पक्की पुल नहुँदा अरुण नदीमा फेरीबाट गाडी तारे । स्थानीयले नदीमा पुल नहुँदा सास्ती खेप्नुपरेको भन्दै पटकपटक आन्दोलन पनि गरेका थिए । मुख्यमन्त्रीले गृह जिल्ला आउँदा नदीमा फेरीबाट गाडी तारेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । त्यसबारे धेरै टीकाटिप्पणी पनि भए । विभिन्न कारण देखाउँदै ठेकेदारले काम नगरेपछि पुल निर्माणको काम अलपत्र परेको हो ।

आलीतालमा पुल नहुँदा सास्ती

पर्यटकीय क्षेत्र आलीताल गाउँपालिका–३, आलिताल जाने सडकमा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। आलिताल–८, घुम्ती बजारदेखि आलिताल–३ को झोता जोड्ने पुल नहुँदा समस्या हुने गरेको छ। गाउँपालिकाका उपाध्यक्ष मैनाकुमारी रावलका अनुसार पुल नहुँदा बिरामी तथा अन्य नागरिकलाई बर्खामा आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। पुल नहुँदा दुई तीन घण्टा हिँडेर अन्यत्र पुल भएको ठाउँमा गई नदी तर्नुपर्ने बाध्यता छ।