आजदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा एमालेले छलफल थालेको छ । दिउँसो ४ बजे सुरु हुने बजेट अधिवेशन पहिले झै अवरोध गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारेमा निर्णय गरिसकेको छैन ।अगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पार्टीमा छलफल भइरहेको र त्यसबारे निर्णय भइनसकेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आज दिउँसो साढे २ बजेदेखि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने एमाले सचेतक शान्त