ओलीको आरोप- ‘यो सरकारले नागरिकता समस्या समाधान हुन दिँदैन’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नागरिकता समस्या समाधान हुन नदिएको आरोप लगाएका छन् । ‘हामीले कानुनसम्मत ढंगबाट नागरिकताबारे अध्यादेश ल्याउँदा अहिलेका गठबन्धनले अदालतको गलत प्रयोग गरेर रोक्न लगाउने तर अहिले अनावश्यक  विषय हालेर विधेयक ल्याउने ?’ ओलीले भने,‘यो सरकारले नागरिकता समस्या समाधान हुन दिँदैन ।’

सम्बन्धित सामग्री

नागरिकतामा राजनीति गर्न खोजेको केपी ओलीको आरोप

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताए । तर त्यसलाई अदालतमा मुद्दा हालेर असफल पारिएको […]

एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट गरेर बसेको छ - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएकाे छ । प्रतिनिधि सभामा आज मङ्गलवार सम्बाेधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताउनुभयो ।सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उहाँले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम ग...