बीपी प्रतिष्ठान आन्दोलन : उच्चस्तरीय समितिले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गर्न गठित उच्चस्तरीय समितिले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भएको छ

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ।

बीपी प्रतिष्ठान: सरकारको आग्रहपछि संघर्ष समितिले बदल्यो आन्दोलनको स्वरुप

आइतबार सरकारले पदाधिकारीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेपछि संघर्ष समितिले आन्दोलनको स्वरुप फेरेको हो ।

लगातारको आन्दोलनले अस्तव्यस्त बन्दै बीपी प्रतिष्ठान

नेपालकै एउटा महत्वपूर्ण स्वास्थ्य संस्थाको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजसमेतको सहभागितामा शुरु भएको आन्दोलन सोमबार ८८ औं दिनमा पुगेको छ ।

बीपी प्रतिष्ठान : उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडियो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा विद्यार्थीले प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा डेढ महीनादेखि लगाएको ताला राजनीतिक दल निकट युवा संघहरूले फोडेका छन् । सोमवार प्रतिष्ठानमा पुगेर तीन राजनीतिक दल निकट संठगनहरूले विरोध प्रदर्शन गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा लगाइएको ताला फुटाएका हुन् । बीपी सुधार अभियान अन्तर्गत प्रमुख पदाधिकारीहरूको राजीनामा लगायतको माग राख्दै आन्दोलित संयुक्त संघर्ष समितिले आइतवारदेखि आकस्मिक तथा कोभिड अस्पतालको बाहेक अन्य सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । प्रतिष्ठान सुधारको माग राख्दै चिकित्सक तथा विद्यार्थीले गरेको आन्दोलनलाई सहज ढंगले निकासतर्फ लैजानुपर्नेमा राजनीतिक दलहरूले प्रतिष्ठानमा अराजकता भिœयाएको आरोप समितिको छ । दलहरूको यस्तो हर्कतले प्रतिष्ठानमा काम गर्न सक्ने वातावरण झनै बिग्रने आन्दोलित चिकित्सकहरूले बताएका छन् । ‘हामीले सेवा ठप्प पारेका होइनौं, बहिष्कार गरेका हौं, आकस्मिक र कोभिड अस्पतालमा सेवा दिइरहेका छौं,’ प्रतिष्ठानका चिकित्सक डा. प्रकाश पराजुलीले भने, ‘सोमवारको घटनाले हामीले असुरक्षा महसूस गरेका छौं ।’ नेकपा एमाले धरान नगर कमिटी, संघीय लिम्बुवान मञ्च नेपाल धरान नगर कमिटी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको विरोध गरेका छन् । प्रतिष्ठानमा सृजित अराजकताले विद्यमान समस्या झनै बढाएको धरानका बुद्धिजीवी तथा धरान नागरिक दबाब सञ्जालका संयोजक प्राडा. राजेन्द्र शर्माले बताए । ‘सोमवारको घटनामा असहिष्णुता देखाउने अराजनितिक कार्य हो, लोकतन्त्रमा एउटा समूहले उठाएका शान्तिपूर्ण आन्दोलनलाई अर्को समूहले धैर्यपूर्वक सुन्ने अभ्यास गर्नुपर्नेमा ताला तोड्ने काम अराजकता र असहिष्णुताको पराकाष्ठा हो ।’ ताला तोड्न पुगेका राजनीतिक दलका युवा र प्रहरीबीच झडपसमेत थियो । सो क्रममा केही प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ताला तोडफोडमा संलग्न राजनीतिक दलका कार्यकर्ताले भने बीपी प्रतिष्ठानको शुद्धीकरण आन्दोलनप्रति आफूहरूको समर्थन रहे पनि उपचार सेवा ठप्प भएकाले यसको विरोध गर्नुपरेको बताएका छन् । बीपीको शुद्धीकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले राजनीतिक दलले सोमवार प्रतिष्ठानमा गरेको प्रदर्शन र ताला फुटाएको घटना निन्दनीय भएको बताएका छन् । ‘चरम लापरबाही र बेथितिले प्रतिष्ठान धराशयी भइरहेको बेला राजनीतिक दलले खबरदारी गर्नुपर्नेमा यसरी प्रतिरोधमा उत्रनु दुःखद छ,’ उनले भने । यद्यपि प्रतिष्ठान सुधारको समाधान नआएसम्म आपूmहरूको आन्दोलन नरोकिने उनले बताए । प्रतिष्ठान सुधारका सम्बन्धमा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन नभएकाले दबाबस्वरूप ओपीडी सेवा ठप्प पार्नुपरेको आन्दोलनरत समितिले बताएको छ । चिकित्सकहरूले सोमवार उपकुलपति कार्यालय परिसरमा केही बिरामीको स्वास्थ्य परीक्षण भने गरेका थिए । यसैबीच, प्रतिष्ठानका सहायक निर्देशक र नायब अस्पताल निर्देशकले पदबाट राजीनामा दिएका छन् । दुईवर्षे कार्यकालका लागि नियुक्ति भएका नायब अस्पताल निर्देशक डा. दिव्यराज मिश्र र सहायक निर्देशक डा. प्रमोद बरालले राजीनामा दिएका हुन् । डा. मिश्रले सोमवार राजीनामा दिएका हुन् भने डा. बरालले १० दिनअघि राजीनामापत्र बुझाइसकेका छन् । राजीनामापत्रमा आफ्नो व्यस्तताको कारण देखाइए पनि काम गर्न सक्ने वातावरण नभएकाले राजीनामा दिएको बुझिएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूणामणि पोखरेलले दुवैजनाले राजनिामा दिएको पुष्टि गरे । उनीहरूको राजीनामापत्र स्वीकृत भए÷नभएकोमा विषयमा भने आफू अनभिज्ञ रहेको उनको भनाइ छ ।

बीपी प्रतिष्ठान आन्दोलन : सरकारले किन कार्यान्वयन गरेन सम्झौता ?

‘सरकारले सम्झौता गरेको ३३ दिन भयो । डा. गोविन्द केसीसँग प्रधानमन्त्रीले सम्झौता गरेको १९ दिन बित्यो । तर, सम्झौता कार्यान्वयन भएको छैन,’ संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले भने, ‘आधा घण्टामा गर्न सकिने काम छ । जिम्मेवारी बोध भएन ।’

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् । यस विषयमा अख्तियारकाे केन्द्रीय कार्यल

बीपी प्रतिष्ठान आन्दोलन : सरकारी टोली र आन्दोलनरत पक्षबीच वार्ता सुरु

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जाँचबुझ गर्न  गठित समितिले आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेको छ ।

बीपी प्रतिष्ठान आन्दोलन : दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् । प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन सुरु गरेका उनीहरुले शुक्रवारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् । शुक्रबार बिहान ८ देखि १० बजेसम्म […]

२३ दिनदेखिको आन्दोलनले बीपी प्रतिष्ठान अस्तव्यस्त, सरकारले देखाएन चासो

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राख्दै संघर्ष समितिले थालेको आन्दोलन २३ औँ दिनसम्म आइपुग्दा पनि सम्बोधन हुने कुनै संकेत देखिएको छैन

बीपी प्रतिष्ठान : पदाधिकारीले डुबाए, सरकार रमिते

२२ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले आन्दोलन शुरु गरेको २२ दिन भयो । उनीहरुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठान परिसरमा प्रदर्शन गर्दै आएका छन् । २२ दिनयता उपकुलपति सहित चार जना पदाधिकारीको बहिर्गमनलाई बटमलाइन बनाएको टोलीले वार्ता र प्रतिष्ठानभित्रको […]