काठमाण्डाै – अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले 'मनसुन ब्रेक' भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।मौसमविद् बिनु महर्जनका अनुसार आज बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ । भोलि शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ । 'मनसुन ब्रेक' हु...