पदाधिकारीमा चुनाव हारेका ३ नेता केन्द्रीय सदस्यमा विजयी

नेकपा एमालेको पदाधिकारीमा पराजित तीन जना नेता केन्द्रीय सदस्यमा विजयी भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल तथा सचिवमा उम्मेदवारी दिएका भीम आचार्य केन्द्रीय सदस्यमा विजयी भएको एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । निर्वाचनमा पदाधिकारीमा उम्मेदवारी दिएका सबै केन्द्रीय सदस्यमा स्वत: उम्मेदवार भएको उनले बताए । केन्द्रीय सदस्यमा निर्वाचित भएपनि रावलले भने आफू उम्मेदवार नै नरहेको जानकारी निर्वाचन आयोगलाई गराएका छन् । तर, निर्वाचन कार्यक्रम अनुसार उ...

सम्बन्धित सामग्री

कांग्रेस नेता कोइराला लगातार चौथो पटक विजयी

नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।  काेइराला २ हजार ८२ मतान्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाले २७ हजार १ सय २६ मत ल्याउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४४ मत प्राप्त गर्नुभयाे ।  त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत ल्याउनुभएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जाजरकोटबाट माओवादी नेता बस्नेत विजय

जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन्।

तनहुँ-१ मा कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी

काठमाडाैँ- तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी भएकाे जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। बिहीबार सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले […]

कञ्चनपुर ३ मा कांग्रेस नेता लेखक भारी मत अन्तरले विजयी

धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका […]

अछाम – १ बाट एकीकृत समाजवादीका नेता कुँवर विजयी

अछाम – अछाम क्षेत्र नं १ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। कुँवर १९ हजार पाँच सय ३४ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले […]

सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छः नेता सिंह

'संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ', नेता सिंहले भने, 'निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ। यसैगरी आचारसंहिताल...

काँग्रेस नेता सिटौलाको वडामा एमाले विजयी

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् । खड्काले काँग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गरी वडाध्यक्षमा जित हासिल गरेका छन् । खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन्। उक्त वडामा राप्रपाका उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याएका छन्।

काँग्रेस नेता निधिको वडामा लोसपा विजयी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईनमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । काँग्रेसका देवनारायण यादवलाई पराजित गर्दै लोसपाका बुलन यादव विजयी भएका हुन् । लोसपाले ८ मतान्तरले काँग्रेसलाई पराजित गरेको हो । लोसपाका बुलनले ७४९ मत ल्याएका छन् भने काँग्रेसका देवनारायणले ७४१ मत प्राप्त गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट बुलन विजयी भएका थिए । तर यसपटक काँग्रेसबाट टिकट नपाएपछि उनी लोसपाबाट चुनाव लडेका थिए ।

कांग्रेस नेता सिटौलाको गृहनगर भद्रपुरको एउटा वडामा राप्रपाको प्यानल नै विजयी

झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको छ । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ […]