‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

‘आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा १० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ । उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गर्दा  धेरै पसल र व्यापारीले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो । स्टोरहरूमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि ‘आइएमई पे’ ले ‘स्क्यान एनि क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी क

सम्बन्धित सामग्री

अमेरिकामा सन् २०२० पछि पहिलो पटक किराना सामानको मूल्य सहज

अमेरिकामा किराना सामानको मूल्य अन्ततः मार्चमा केही घटेको छ । यो सन् २०२० को सेप्टेम्बरपछि पहिलो पटक आएको गिरावट भएको श्रम तथ्याङ्क ब्यूरोद्वारा बुधबार जारी तथ्याङ्कमा उल्लेख छ । छ वटा प्रमुख किराना खाद्य समूह सूचकांकहरू मध्ये तीन फेब्रुअरीदेखि मार्चसम्म घटेको हो । मासु, कुखुरा, माछा र अण्डा सूचकांक १ दशमलव ४ प्रतिशत घटेको हो […]

किराना व्यवसाय पनि सुस्तायो

काठमाडौं, फागुन २६। पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको उनीहरूको भनाइ छ । कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर […]

किराना पसल आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति

सिराहाको विष्णुपुर गाउँपालिका १ मा पर्ने विष्णुपुर बजारमा रहेको एक किराना पसलमा आगलागी हुँदा पसलका किराना सामान, नगरसहित जलेको छ । स्थानीय अमर यादवले संचालन गरिरहेको किराना पसलमा शनिबार बिहान १...

किराना पसलबाट कटुवा पेस्तोल बरामद, सञ्चालक पक्राउ

२१ असार, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका-११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल […]

किराना पसलमा आगलागी‚ लाखौंको क्षति

दाङ : तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीस्थित एक किराना पसलमा आगलागी भएको छ। बिहीबार बिहान करिब साढे ३ बजे सुमित्रा वलीको रिमा किराना पसलमा आगलागी भएको इलाका प्रहारी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।आगलागीबाट करिब १८ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ। बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ। तुलसीपुर उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा आगो केही समयमै नियन्त्रणमा आएको थियो।

तरकारी र किराना पसल विहान ११ बजेसम्म खुला गर्न पाइने

काठमाडौं, ३० जेठ । निषेधाज्ञामा तरकारी र किराना पसल विहान ११ बजेसम्म खुला गर्न पाइने भएको छ । ७ असारसम्म थपिएको निषेधाज्ञामा तरकारी, किराना पसल, डिर्पाटमेन्टल स्टार खुला गर्ने गरी समय तोकिएको हो । यसअघि विहान ९ बजेसम्म मात्र किराना पसल खोल्न छुट दिइएको थियो । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर विक्री वितरण गर्न […]

किराना पसल बन्द नगर्न चेम्वरको माग

नेपाल चेम्बर अफ कमर्शले किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको छ । गृह मन्त्रालय काठमाडौंका प्रमूख जिल्ला अधिकारीबाट महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि किराना पसल बन्द गर्ने निर्णयको विरोध गरेको हो ।त्यस्तै, किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु […]

किराना पसल खोल्न दिनुपर्छ : चेम्बर

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले किराना पसल खोल्न नदिने निर्णय सच्याउन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै यस निर्णयबाट उपभोक्तालाई मार पर्ने बताएको हो। खाद्यान्न पसलहरुमा दूध, पानी र तरकारी पनि बिक्री हुने भएकाले किराना पसल बन्द नगराउन चेम्बरले भनेको छ।

भोलिदेखि काठमाडौंमा एक साता किराना पसल बन्द

शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ हुने भएको छ । स्थानीय प्रशासनले लम्ब्याएको जेठ २० गतेसम्मको निषेधाज्ञा अवधिमा किराना पसल समेत खोल्न पाइने छैन ।   काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत खोल्न नपाइने जानकारी दिए ।  कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए । तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म ख...

आगामी एक साता किराना पसल पनि बन्द

काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी एक साता किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय गरेका छन्। आज बसेको तीन जिल्लाका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। जसअुनसार अब उपत्यकामा १४ गतेदेखि २० गतेसम्म किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द हुने भएका हुन्।