क्यामेरा चोरी हुँदा बाघ गणना प्रभावित

बाँके । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । उनका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । रासस

सम्बन्धित सामग्री

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी तथा तोडफोड

बाँके – बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक ठाउँमा झन्डै १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिनुभयो ।  उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार  क्यामेरा चोरी भएको छ । ६ क्याम...

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी

बाँके, माघ २६ । बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीनवटा ब्लकमा २३ वटा क्यामेरा चोरीरतोडफोड भएको हो । बर्दिया–बाँके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही […]

बाघ गणना गर्ने २३ वटा क्यामेरा चोरी

नेपालगञ्ज – बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ। बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो। बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ। चार […]

रौतहटमा बाघ गणनाका लागि राखिएका क्यामारा हराए

माघ २४, रौतहट । बाघ गणनाका लागि वनमा राखिएका क्यामारा हराएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्यालय, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौतहटकोे वनमा १२२ ओटा क्यामारा जडान गरिएको थियो ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार चार ओटा क्यामारा हराएको, दुई ओटा चोरी र केहि कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । क्यामारा ट्यापिङ्गको सहयोगमा बाघ गणनाका लागि माघ ४ गतेदेखि नै वनमा क्यामेरा राखिएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले बताए ।  उनका अनुसार चाँदी नदीदेखि वाग्मती सम्मको बिचको जंगलमा राखिएका ४ ओटा क्यामारा हराएको छ । पौराई तथा वाग्मती क्षेत्रका वनबाट राखिएको एक/एक थान क्यामेरा चोरी भएको उनले बताए ।  बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमुख डा. बाबुराम लामिछानेले माघ ४ गतेदेखि नै वनमा राखिएको क्यामारा १५ दिनसम्म रहने र त्यसपछि सबै संकलन गरेर तथ्यांक विश्लेषण गरी बाघ गणना गरिने बताए ।  उनका अनुसार तथ्यांक् विश्लेषण गरी दुईदेखि तीन महीनासम्ममा बाघको यकिन तथ्यांक निकाल्न सकिन्छ ।  तर क्यामारा नै हराएका कारण बाघको तथ्यांकमा असर पर्ने सक्ने उनको भनाइ छ । गत वर्ष रौतहटको वन क्षेत्रमा ४ ओटा बाघ फेला परेको थियो ।  पछिल्लो समयमा वन संरक्षण उल्लेखनिय भएकाले बाघको संख्यामा वृद्धि भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए ।  बाघको आक्रमणबाट केहि वर्ष अघि चन्द्रपुर ६ का एक युवक मारिएका थिए भने केहि घाईते समेत भएका छन् । बाघले पशु चौपायलाई पनि आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गन्न राखिएका ११ क्यामेरा चोरी - Naya Patrika

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका ११ क्यामेरा चोरी भएका छन् । निकुञ्जमा राखिएका क्यामेरा नै चोरी भएपछि बाघ गणना प्रभावित भएको छ । गत आइतबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा...पूरा पढ्नुहोस् »