रौतहटमा बाघ गणनाका लागि राखिएका क्यामारा हराए

माघ २४, रौतहट । बाघ गणनाका लागि वनमा राखिएका क्यामारा हराएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्यालय, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौतहटकोे वनमा १२२ ओटा क्यामारा जडान गरिएको थियो ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार चार ओटा क्यामारा हराएको, दुई ओटा चोरी र केहि कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । क्यामारा ट्यापिङ्गको सहयोगमा बाघ गणनाका लागि माघ ४ गतेदेखि नै वनमा क्यामेरा राखिएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले बताए ।  उनका अनुसार चाँदी नदीदेखि वाग्मती सम्मको बिचको जंगलमा राखिएका ४ ओटा क्यामारा हराएको छ । पौराई तथा वाग्मती क्षेत्रका वनबाट राखिएको एक/एक थान क्यामेरा चोरी भएको उनले बताए ।  बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमुख डा. बाबुराम लामिछानेले माघ ४ गतेदेखि नै वनमा राखिएको क्यामारा १५ दिनसम्म रहने र त्यसपछि सबै संकलन गरेर तथ्यांक विश्लेषण गरी बाघ गणना गरिने बताए ।  उनका अनुसार तथ्यांक् विश्लेषण गरी दुईदेखि तीन महीनासम्ममा बाघको यकिन तथ्यांक निकाल्न सकिन्छ ।  तर क्यामारा नै हराएका कारण बाघको तथ्यांकमा असर पर्ने सक्ने उनको भनाइ छ । गत वर्ष रौतहटको वन क्षेत्रमा ४ ओटा बाघ फेला परेको थियो ।  पछिल्लो समयमा वन संरक्षण उल्लेखनिय भएकाले बाघको संख्यामा वृद्धि भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए ।  बाघको आक्रमणबाट केहि वर्ष अघि चन्द्रपुर ६ का एक युवक मारिएका थिए भने केहि घाईते समेत भएका छन् । बाघले पशु चौपायलाई पनि आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।  

सम्बन्धित सामग्री

शुक्लाफाँटामा स्वचालित क्यामेरामार्फत बाघ गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित आसपासका वन क्षेत्रमा स्वचालित क्यामेरामार्फत् बाघ गणना शुरु गरिएको छ । शनिबारदेखि निकुञ्जसहित आसपासका वन क्षेत्रमा बाघ गणना शुरु गरिएको निकुञ्जले जनाएको छ। त्यसका लागि शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा...

बाघ गणना गर्ने २३ वटा क्यामेरा चोरी

नेपालगञ्ज – बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ। बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो। बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ। चार […]

बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

काठमाण्डाै – बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि क्यामेरा ट्र्यापिङ्ग प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ गणनामा खटिनेका लागि दुई दिनको विशेष तालिम दिइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको यकिन संख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना सुरु भएको छ । गएको १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र त्यहा...

बाँके–बर्दिया क्षेत्रमा आजबाट बाघ गणना

काठमाडौं । राष्ट्रिय बाघ गणना अन्तर्गत आजदेखि बाँके–बर्दिया क्षेत्रमा बाघ गणना सुरु हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ । आज बिहान ११ बजेपछि सरोकारवाला निकायहरुको समन्वयमा गणनाको सुरुवात हुँदैछ । राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएकोमा सोही अभियान अन्तर्गत […]

आजबाट बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

काठमाडौँ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुने भएको छ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा […]

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना आजबाट

२९ मंसिर, काठमाडौं । बर्दिया-बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया-बाँके कम्प्लेक्समा चार वटा […]

चितवनबाट बाघ गणना २०२२ सुुरु

राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमबीच वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाका लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता सहजै पूरा हुने बताए । […]

बाघ गणना आजबाट

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी […]

बाघ गणना आजदेखि

काठमाण्डाै - आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु ह...

आजदेखि बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने

आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्समा छुट्याइएको छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद याद