पोखरा । पर्वतमा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै गरेको जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । मृगौलाको उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि दाहसंस्कारका लागि मलामी बोकेर मोदीतर्फ हिँडेको ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । उनले दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको बताए । डि