बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका- ७ सुइलेकमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका हुन्। बुधबारराति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र ०१-००१ च ३३८८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।