लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप १६३१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।यसैग