सल्यानमा सत्तारुढ गठबन्धन दलहरूले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । तीनवटै दलहरूले संयुक्त रुपमा समिति बनाएका हुन् । उक्त समितिको सह–संयोजकमा कांग्रेसका सभापति केशबहादुर विष्ट, माओवादीका कृतिबहादुर पुन, समााजवादीका हरि केसी लगायतका नेताहरु रहेका छन् । यस्तै नेता बस्नेतककै संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति पनि गठन गरिएको छ । &n