चालकले नशामा गाडी दाैडाउँदा दशैँकाे मुखमा दुर्घटनाको जोखिम बढ्याे

भक्तपुर : चालकले लागूपदार्थ लिएर सवारीसाधान चलाउने गरेका पाइएको छ। यसरी गाडी चलाउँदा दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ। भक्तपुरको जगातीमा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ना ६ ख ५१ ९६ नम्बरका ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका २ भैँसेका २८ वर्षीय राजन विक, बा २ ख ८२ ०५ नम्बरको मिनी ट्रक चालक रोल्पाको जुरा घर भएका २७ वर्षीय दीपक विक र बा ५ ख ५२७७ नम्बरका हाइस चालक धादिङको गल्छी गाउँपालिका ५ का ३४