नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग र सर्तक रहन निर्देशन दिएका हुन् ।‘यिनीहरु जस्केलाबाट आएका हुन्, जस्केलाबाटै गतिविधि गर्छन् र जस्केलाबाटै अरु गतिविधि गर्छन्’ ओलीले सरकारप्रति लक्षित गर