देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने कर्मचारीकाे घोषणा

काठमाडौं : नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ। सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने  कर्मचारी परिषदले घोषणा गरेको हो।कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरेको छ। यही ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरिने,१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप

सम्बन्धित सामग्री

छेडागाड नगरपालिकाका सामुदायिक विद्यालय एक हप्ता बन्द

सामुदायिक विद्यालय कार्यालय सहयोगी संघर्ष समिति, छेडागाड नगरपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । संघर्ष समितिका सचिव कालीबहादुर बस्नेतले नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पत्राचार अनुसार विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

चितवनमा पुस्तक अभाव

नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको छ ।अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी दिए । चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ । गत वर्ष यस के

छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव

चितवन: नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ। सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी…

एक हप्ता सञ्चालन नहुँदै बन्द गरिए विद्यालय

नारायण नगरपालिकामा विद्यालय सञ्चालन गरेको एक हप्तामै पुनः विद्यालय बन्द गरेको छ । सोमवार नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिनुभएको हो । विज्ञप्तिमा नगर शिक्षा समिति र सरोकारवाला निकायको बैठकले भदौ २२ गते देखी सामुदायिक विद्यालय र संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भए पनि जिल्लामा कोरोना सङक्रमणको दर बढ्दै गएपछि बालबालिकामा स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीको सिकाई सहजीकरणका लागि वैकल्पिक माध्यम बाट सञ्चालन गर्ने गरी अर्को सूचना जारी नभए सम्मका लागि सबै विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ ।  नारायण नगरपालिकाका  नगर प्रमुख रत्न बहादुर खड्काले बालबालिकाको भविष्यलाई ध्यानमा राखेर विद्यालयमा स्वास्थ्य मापदण्ड पुरा गरेर भौतिक रूपमै पठन पाठन गर्ने व्यवस्था मिलाइएको भए पनि कोरोना सङक्रमणको दर पुन बढेपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले यस अघि नगरपालिकाले नगर रेडियो सञ्चालन गरी निमावि र माविका बालबालिकालाई अध्यापन गराइरहेको भए पनि पुन अव रेडियो बाट कक्षा एक देखी १२ सम्मका सबै विषयमा अध्यापन गराउने तयारी आफूहरूले थालेको बताउनुभयो ।

काभ्रेमा सामुदायिक विद्यालय खुलाइँदै

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा मण्डनदेउपुर नगरपालिकाको विद्यालयमा भौतिकरुपमा विद्यार्थी उपस्थिति गराई पठनपाठन सुरुआत गरिएको एक हप्ता भयो । नगरका विद्यालयमा कक्षागत समय विभाजन गरी शैक्षिक गतिविधि सुरु गरिएको नगर शिक्षा शाखाले जनायो । स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाइ भौतिक दूरी कायम गर्दै निश्चित समयभित्र तोकिएको शैक्षिक गतिविधि थालिएको नगर शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले […]

मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी

काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताउनुभयो । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।