कांग्रेस निर्वाचन : सभापतिमा देउवाको अग्रता कायमै, कोइराला पछ्याउँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । सभापति पदको ४०० भोट गणना हुँदा शेरबहादुर देउवाले २२९ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १५८ मत ल्याएका छन् ।  सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो । सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच मंगलवार दोस्रो चरणको  ...

सम्बन्धित सामग्री

कांग्रेस मतगणना अपडेट : देउवाको मत २ हजार नजिक

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ४१७४ मत गणना गर्दा देउवाले १९९५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले १५४२ मत पाएका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत […]

नेपाली कांग्रेस १४औं महाधिवेशन मतगणना अपडेट : देउवाको अग्रता कायमै

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना  भइरहेको छ । राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाले मंगलवार विहान पौने ८ बजेसम्ममा अग्रता कायमै गरेका छन् । उनले १ हजार ४६५ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले भने १ हजार १३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् । निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ७७ मत गणना भएको छ,  नेपाली कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत मत  आवश्यक हुन्छ । आइतवार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेकोले सभापतिका लागि कुनै पनि उम्मेदवारलाई विजयी हुन २ हजार ३४० मत आवश्यक पर्दछ । उक्त मत आउन नसकेमा धेरै मत ल्याउने दुई उम्मेदवार बीच पुनः प्रतिस्पर्धा हुनेछ ।

सभापतिमा देउवाको अग्रता कायमै, २५० मत गन्दा कसको कति ?

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । २५० मतगणना हुँदा देउवाले १३२, डा. शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ भोट पाएका छन् । कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।