यागुन : म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप ६ वर्ष जेल सजाय थपिएको छ। आङ सान सुकीलाई पद दुरुपयोग गरी सार्वजनिक जग्गा बजारभन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ।अपदस्थ नेतालाई चारवटा मुद्दामध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ तर तीमध्ये तीनका लागि सजाय एकैसाथ सुनाइनेछ। उनलाई थप ६ वर्षको जेल सजाय दिइने अल जजीराले एक कानुनी अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ। ७७ वर्षीया सुकीलाई सन् २०२१ को फेब्रुअरीमा सेनाले म्यान