लुम्बिनी विकास बैंकको नाफा ३४% बढ्यो, प्रतिशेयर आम्दानी रू.२१.४२

माघ ७, काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड १७ लाख ४४ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशमलव शून्य २ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २१ दशलमव ४२ पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २८ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब ६२ लाख र रिटेण्ड अर्निङमा रू. २४ करोड ९४ लाख ३३ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीले रू ३९ अर्ब २८ करोड ४७ लाख  निक्षेप संकलन गरेर रू. ३५ अर्ब ६७ करोड ९८ लाख ८३ हजार कर्जा लगानी गरेको हो ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा चालू आवको दोस्रो त्रैमासमा रू. २४ करोड ९४ लाख ३३ हजार रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ४२ गुणा, तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६८ दशलमव ६८ पुगेको हो । 

सम्बन्धित सामग्री

निष्क्रिय कर्जाले प्रोभिजन बढ्दा लुम्बिनी विकास बैंकको नाफा घट्यो

१२ असार, काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी पनि वृद्धि भएको छ । बैंकले सञ्चालन खर्चलाई व्यवस्थापन गर्न सक्दा पनि निष्क्रिय कर्जामा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ । जसले बैंकको नाफा […]

राष्ट्रियस्तरका विकास बैंकको नाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठओटा विकास बैंकको नाफा १६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका विकास बैंकहरू गरिमा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, ज्योति, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, सांग्रिला डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २० करोड १७ लाख नाफा कमाएका छन् । गतवर्षको सोही अवधिमा यी बैंकको नाफा रू. २ अर्ब ७३ करोड ९४ लाख रहेको थियो । यी ८ विकास बैंकको नाफामा वृद्धि भएको भए पनि वितरणयोग्य नाफामा भने कमी आएको छ । गतवर्षको दोस्रो त्रैमाससम्मको तुलनामा कामना, ज्योति र मुक्तिनाथको वितरणयोग्य नाफा उच्च दरले घटेकाले ८ विकास बैंकको वितरणयोग्य नाफामा कमी देखिएको हो । यी आठओटा विकास बैंकको गतवर्ष कुल रू. १ अर्ब ७४ करोड ८० लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष घटेर रू. १ अर्ब ६९ करोड ८६ लाखमा झरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा २ दशमलव ८२ प्रतिशतले कमी हो । टप १ मा रहेको मुक्तिनाथको नाफा घट्यो राष्ट्रिय स्तरका आठओटा विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा गतवर्षको तुलनामा घटेको छ । यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । मुक्तिनाथले ८ विकास बैंकहरूको तुलनामा सबैभन्दा बढी नाफा कमाएको छ । तर, गतवर्ष कमाएको नाफाभन्दा चालू आवमा यो बैंकको नाफा २ दशमलव १४ प्रतिशतले घटेको छ । दोस्रोमा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म्मा रू. ४९ करोड २९ लाख नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा यो बैंकको नाफा रू. ३९ करोड ३५ लाख रहेको थियो । गतवर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा २५ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । महालक्ष्मीको नाफा ३१ प्रतिशतले वृद्धि महालक्ष्मी विकास बैंकको नाफा गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३१ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३४ करोड ६८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले रू. ४५ करोड ६२ लाख नाफा कमाएको छ । लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशतले वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा लुम्बिनी विकास बैंकको नाफा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३४ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड १८ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३५ करोड १७ लाख नाफा कमाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ प्रतिशलते वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ३३ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. २६ करोड ११ लाख नाफा कमाएको थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ८८ लाख नाफा कमाएको छ । ज्योति विकास बैंकको नाफा १२ प्रतिशतले वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ज्योति विकास बैंकको नाफा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३० करोड ५५ लाख नाफा कमाएको थियो भने चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ४० लाख नाफा कमाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ प्रतिशतले वृद्धि गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५८ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा रू. १६ करोड ४८ लाख नाफा कमाएको बैंकले चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख नाफा कमाएको छ । कामना सेवा विकास बैंकको नाफा करीब १२ प्रतिशतले घट्यो कामना सेवा विकास बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा ११ दशमलव ८९ प्रतिशतले नाफा घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले रू. ३९ करोड ४७ हजार नाफा कमाएकोमा चालू आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा रू. ३४ करोड ३६ लाख नाफा कमाएको छ । महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० प्रतिशतले वृद्धि महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा १२० दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमासम्म यो बैंकको वितरणयोग्य नाफा रू. १२ करोड ४७ लाख रहेकोमा चालू आवमा वृद्धि भएर रू. २७ करोड ५० लाख पुगेको छ । त्यसैगरी लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा ५२ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ३५ लाख वितरणयोग्य नाफा कमाएको बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि गरेर रू. २४ करोड ९४ लाख पुर्‍याएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा ११८ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा भएकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा वृद्धि भएर रू. १८ करोड ४ लाख पुगेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा २८ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. १६ करोड ९८ लाख वितरणयोग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. २१ करोड ८० लाख पुगेको छ । त्यसैगरी गरिमा विकास बैंकको वितरणयोग्य नाफा ४१ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म रू. २५ करोड २३ लाख वितरण योग्य नाफा भएकोमा यो वर्ष वृद्धि भएर रू. ३५ करोड ६१ लाख पुगेको हो । कामना सेवाको वितरणयोग्य नाफा धेरै घट्यो राष्ट्रियस्तरका आठओटा विकास बैंकमध्ये तीनओटाको वितरणयोग्य नाफा घटेको छ । चालू आवको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडको वितरणयोग्य नाफामा कमी आएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी वितरणयोग्य मुनाफामा कमी आउनेमा कामना सेवा विकास बैंक रहेको छ । यो बैंकको गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा वितरणयोग्य नाफा ६४ दशमलव ४१ प्रतिशतले घटेको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकको वितरणयोग्य नाफा रू. २७ करोड १९ लाख रहेकोमा चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. ९ करोड ६७ लाखमा सीमित भएको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ५७ दशमलव ७२ प्रतिशतले घटेको छ भने ज्योति विकास बैंकको वितरणयोग्य नाफामा ३६ दशमलव २० प्रतिशतले कमी आएको छ । मुक्तिनाथ विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ५२ करोड ५५ लाख रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा यो बैंकको वितरणयोग्य नाफा घटेर रू. २२ करोड २१ लाखमा सीमित भएको छ । त्यसैगरी ज्योति विकास बैंकको गतवर्षको दोस्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा रू. १५ करोड ७५ लाख थियो भने चालू आवको दोस्रो त्रैमाससम्ममा घटेर रू. १० करोड ५ लाखमा झरेको छ ।

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

काठमाडौं । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना निषेधाज्ञा भए पनि उक्त महीना अधिकांश विकास बैंकले राम्रै मुनाफा गर्न सफल भएका छन् । सञ्चालनमा रहेका आठओटा राष्ट्रियस्तरका विकास बैंकले चालू आर्थिक वर्षको १० महीनासम्ममा समग्रमा खुद नाफा ५ अर्ब २ करोड २४ लाख रुपैयाँ हात पारेका छन् । यस अघिको चैत महीनासम्ममा ती बैंकहरूले खुद नाफा रू. ४ अर्ब ४९ करोड ९९ लाख गरेका थिए । एकै महीनाको अन्तरमा उक्त विकास बैंकहरूले ५२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि मासिक करीब ५० करोड रुपैयाँको हाराहारीमा नाफा गरेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा राम्रै बढेको देखिए पनि केही बैंकले भने यसअघिको महीनाभन्दा कम नाफामा चित्त बुझाउनु परेको छ । पछिल्लो समयसम्म राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक सञ्चालनमा रहेका छन् । उक्त बैंकमध्ये चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिसम्म यसले रू. १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि चैतसम्ममा अर्थात् तेस्रो त्रैमासमा रू. १ अर्ब ५६ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको थियो । एकै महीनाको अन्तरमा उक्त बैंकले करीब ११ करोडको नाफा गरेको छ । तर, यो नाफा वृद्धि भने गत महीनाको भन्दा कम देखिन्छ । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल १० महीनाको बीचमा जम्मा आधा महीना मात्रै बन्द भएकाले बाँकी समय पूरै काम गर्न पाउँदा विकास बैंकहरूको नाफा वृद्धिमा खासै प्रभाव नपरेको बताउँछन् । कुल खुद नाफा कमाउने दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ । यसले वैशाखसम्ममा ७५ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । कुल खुद नाफा गर्ने तेस्रो स्थानमा रहेको ज्योति विकास बैंकले रू. ६८ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । यसले १ महीनामा थप ८ करोड नाफा बढाएको छ । कामना सेवा विकास बैंकले वैशाखसम्ममा ६४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यसले गत चैत्रसम्ममा ५८ करोड ६१ लाख रुपैयाँ कमाएको थियो । यस बैंकले यस अवधिमा ५ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वैशाखसम्ममा रू. ५० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । निषेधाज्ञाको महीनामा राम्रो नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक देखिएको छ । गत तेस्रो त्रैमास अर्थात् चैतसम्ममा रू. ४० करोड ३६ लाख खुद नाफा गरेको उक्त बैंकले वैशाखमा रू.९ करोड ३८ लाख रुपैयाँले नाफा वृद्धि गरेर कुल नाफा रू. ४९ करोड ७४ लाख आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा अत्यावश्यक खालका रिटेल, मार्जिन प्रकृतिका कर्जाहरू गएका र यसबाट ब्याज आम्दानी भइरहेकाले निषेधाज्ञा भए पनि बैंकको नाफा वृद्धिमा कम प्रभाव परेको बताउँछन् । राष्ट्रियस्तरका लुम्बिनी र सांग्रिला डेभलपमेन्ट बैंकको कुल खुद नाफा बढे पनि मासिक वृद्धि भने घटेको छ । लुम्बिनी विकास बैंकले १० महीनामा रू.४६ करोड २८ लाख नाफा गरेको छ । यसले चैतमा रू.४२ करोड ३७ लाख नाफा गरेको थियो । यसबीच १ महीनामा थप रू. ३ करोड ९० लाख नाफा बढाएको छ । गत चैतसम्ममा रू. ३५ करोड १ लाख खुद नाफा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले रू. ८४ लाखको हाराहारीमा मात्रै नाफा वृद्धि गरेर वैशाखमा रू. ३६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।