खोटाङको खोटेहाङ गाउँपालिकामा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यचौकी खोटाङ बजारमा बुधबार ६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी र एक जना बैंकका कर्मचारी छन् । संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।पछिल्लो समय जिल्लाका कोरोना संक्रमण दर बढिरहेको छ । तर स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनमा बेवास्ता भइरहेको छ । हरेक स्थानीय तहमा एन्टिजेन परीक्षणको व्यवस्था समेत गरिएका छैनन् ।