धनकुटाका ४ पालिकामा कांग्रेसको दाबी

६ वैशाख , धनकुटा । नेपाली कांग्रेसले धनकुटाका सात पालिकामध्ये चार पालिकामा प्रमुखको दाबी गरेको छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले धनकुटामा ४ पालिकाको प्रमुखमा दाबी रहेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । ‘दलहरुमा दिनहुँ छलफल भइरहेको छ । कसले कति पाउने निर्णय भइसकेको छैन ।’ राईले भने, ‘तालमेलका लागि […]

सम्बन्धित सामग्री

पार्टीको निर्णय कार्यकर्ताले स्वीकार गरेको कांग्रेस प्रवक्ताको दाबी

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्णयलाई कार्यकर्ताले स्वीकार गरेको बताएका छन् । निर्वाचन प्रचारप्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले अपबाद बाहेकका ठाउँमा तालमेल सफल भएको दाबी गरेका हुन् । कतिपय पालिकामा कांग्रेसका मतदाताहरुले अरुलाई किन मत दिने भन्ने भावना राखेको समेत जिकिर गरे । Photo : Mukunda kalikote

हृदयेश त्रिपाठीले आफ्नै जिल्लाका पालिकामा उम्मेदवार पाएनन्

१२ वैशाख, परासी । जनता प्रगतिशिल पार्टी नामको नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफ्नै जिल्ला पश्चिम नवलपरासीका अधिकांश पालिकामा उमेदवार नै उठाउन सकेनन् । उनी आफ्नै जिल्लामा कमजोर देखिएका छन् । त्रिपाठीले १७ जिल्लामा पार्टीको संगठन रहेको दाबी गर्दै आएका थिए । तर उनले ७ वटा पालिका रहेको […]

६० प्रतिशत पालिकामा गठबन्धन भएको माओवादीको दाबी

उहाँले सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचनसम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने पनि उहाँको भनाइ थियो ।

माओवादी केन्द्रले सल्यानका ७ पालिकामा छान्यो सर्वसम्मत उम्मेद्‍वार

९ वैशाख, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिका मध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरैको दाबी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिकामा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारीलाई प्रमुखको उम्मेद्‍वार बनाउन सिफारिस गरिएको हो । […]

आ–आफ्नो दाबी गर्दै सकियो मोरङमा गठबन्धनको बैठक

मोरङका स्थानीय निर्वाचनमा तालमेलका लागि छलफलमा बसेका चार दलको बैठक आ–आफ्नो दाबी गर्दै सकिएको छ । बैठकमा काँग्रेसले ११ पालिकामा दाबी गरेको छ भने माओवादीले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले ३ वटा पालिकामा दाबी गरेको छ ।‘आजको बैठकमा दाबी पेश गर्ने काम भयो,’ माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले भने, ‘भोली फेरि बसेर छलफल गरिनेछ, छलफल सकारात्मक छ ।’ सत्ता गठबन्धनका ५ दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको अस्तित्व छैन । त्यस बाहेकका दलहरुको गत बुध

सिन्धुपाल्चोकका आधा पालिकामा माओवादीको दाबी

२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र, सिन्धुपाल्चोकले चुनावी तालमेलका लागि आधा पालिकाको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकबाट वागमती प्रदेशसभा सांसद रहेका युवराज दुलालले आफूहरुले आधा पालिका दाबी गरेको बताए। ‘माओवादीको दाबी बराबरी सिद्धान्तमा जाने भन्ने छ,’ उनले अनलाइनखबरसँग भने, ‘कांगेसको हामीलाई बढी चाहिन्छ भन्ने खालको छ । […]

एमालेले जितेका काठमाडौंका पालिकामा माओवादी र एकीकृत समाजवादीको दाबी

१ वैशाख, काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नेकपा एमालेले प्रमुख जितेको काठमाडौंको स्थानीय तह आफूहरुलाई चाहिने दाबी गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित सातवटामा नेकपा एमालेले प्रमुख पद जितेको थियो । बाँकी तीन वटाको प्रमुख भने नेपाली कांग्रेसले जितेको थियो । नेकपा […]

स्थानीय तहको चुनावमा एक्लैले २ सय पालिकामा जित्ने पुनको दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा आफूहरूले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् । बिहीबार (आज) काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरूमध्ये आफूहरू पहिलो हुने दाबी गरेका हुन् । उनले भने, ‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरूकै अध्ययन रिपोर्ट छ । बाहिर […]

यी हुन् काठमाडौंका पालिकामा मेयर बन्न चाहने कांग्रेसका युवा

११ चैत, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाका पालिकामा युवा पुस्ताका कांग्रेस नेताहरुले मेयरको दाबी गरेका छन् । काठमाडौंमा महानगरमा काठमाडौंसहित टोखा, तारेकश्वर, कागेश्वरी मनहरा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ र शंकरापुर नगर ११ स्थानीय तह छन् । आसन्न स्थानीय तहका निर्वाचनमा काठमाडौंका पालिकाबाट मेयर उम्मेदवारका आकांक्षी पार्टीमा फरक फरक समूह निकट […]

एमाले पालिका अधिवेशन : लुम्बिनीको कुन पालिकामा कसको नेतृत्व ? (सूची)

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बुधबार राति मात्र टुंगिएको छ । यहाँ १०९ पालिकामध्ये धेरैमा नयाँ नेतृत्व चयन भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिकामा भने निर्वाचन भएको थियो।लामो सहमतिको प्रयास गरिए पनि नेतृत्वमा आकाङ्क्षीले दाबी नछाडेपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका मतदान भएको छ । यस्तै नवलपरासी जिल्लाको सुनवल र बर्दघाट नगरपालिका मतदानबाट नेतृत्व छान्नु परेको हो । रुपन्देहीको सिद्धार्थनगरमा द