संघीयता र प्रदेश संरचना ‘मुरी रोपेर मानो उपलब्धि’ : सांसद जिसी

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सांसद तारा जिसीले प्रदेशको वर्तमान बोझिलो संरचना सहित संघीयताको खारेजी राष्ट्रिय जनमोर्चाको माग मात्र नभएर सम्पूर्ण नेपाली जनताको माग भएको बताउनुभएको छ । प्रदेश सभा स्थापनाको तीन वर्षको अवसरमा ‘संघीयता कार्यान्वयनमा प्रदेश सभा’ समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा राजमो नेतृ जिसीले प्रदेशको आफ्नै आयको कुनै श्रोत नभएको अबस्थामा एकातर्फ केन्द्रको अनुदान र अर्को तर्फ जनताको ढाडै सेकिने गरी चर्को कर लगाएर बनाइने बजेटको प्रदेश सभाले विना कामै ठूलो हिस्सामा ‘गुलछर्रा’ उडाएको कटाक्ष गर्नुभयो । उहाँले प्रदेश सभा र सांसदहरु समाज चुस्ने जुका जस्तो भएको समेत सर्बत्र महसुस भएको बताउनुभयो । नेतृ जिसीले प्रदेश सभाले बनाउनु पर्ने ११६ कानुन मध्ये ६५ वटा पास गरे पनि ५९ वटा मात्र प्रमाणीकरण भएको बताउँदै अति आवश्यक र महत्वपूर्ण महिला, जनजाती, दलित जस्ता विधेयकले अझैसम्म पनि प्रवेश नपाउनु आश्चर्यजनक रहेको बताउनुभयो । प्रदेश भरका गुणस्तरहिन, लावारिस विकास योजनाहरुमा सरकार र विभागीय कर्मचारीहरुको मिलिमतोमा भ्रष्टाचार मौलाएको भन्दै प्रदेश बाट हुने अनुगमन नाम मात्रको र फितलो प्रवृतीको रहेको औल्याउदै प्रोत्साहनको लागी भनेर दिइने अनुदान वास्तविक अनुग्राही सम्म नै नपुगेको,सन्तुलित विकास नीति भनिए पनि कागजमा सिमित रहेको र प्रदेशको स्थाइ राजधानी र नामाकरणको प्रश्नमा पनि बिषयले प्रबेश पाउदैका दिन आफूले पार्टीको धारणा राख्दै बिशेष समितिको आवश्यकता नभएको, समय र रकमको दूरुपयोग मात्र हुने भनी दुइ तिहाइ बहुतको सरकारले सदन बाटै निर्णय गर्ने अधिकार भएको विषय उठाए पनि ध्यान नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आखिर उक्त बिषय सदन बाटै विवाद सहित टुङ्ग्याउनै पर्यो।’ समग्रमा प्रदेशको आजसम्मको समिक्षा ‘मूरी लगानी गरेर मानो उपलब्धि’ भएको उहाँले बताउनुभयो । संघीयता अन्तर्गतको तामझाम सहितको बर्तमान बोझिलो प्रदेश संरचना रहे देशको सार्वभौमिकता र अखण्डता समेतमा खतरा पुग्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘मुख्यतः आर्थिक रुपले देशले संघीयता धान्न सक्दैन । आम जनतामा पनि विनाकामको यो संरचना प्रति वितृष्णा पैदा हुँदै गएको छ र हामी घृणाका पात्र बनेका छौँ ।’ उहाँले समय छँदै सोचौं र जतीसक्दो छिटो संघीयता ...

सम्बन्धित सामग्री

दुर्गाप्रसादलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारलाई अदालतको आदेश

अदालती सुनुवाइविनै ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई परिवारको मागअनुसार क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश गरेको छ

Shilapatra

ओलीले प्राप्त उपलब्धिलाई एकै झड्कामा चकनाचुर पारे: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकै झट्कामा चकनाचुर पारेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनकारी कदमलाई नेपाली जनताको शक्तिले परास्त गरिछाड्ने दाबी गरे ।नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेकोले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म सं

Ratopati

प्रदेश सरकारले किन काम गर्न सकेन ? संघसँग स्पीड मिलेन !

४ फागुन, पोखरा । गण्डकी प्रदेश सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मंगलबार करिब ५५ पृष्ठ लामो उपलब्धिका सूची सार्वजनिक गर्यो । सडक, पुल, विजुली, खानेपानी, पर्यटन, कृषि, सामाजिक, कानुनका क्षेत्रमा भएका कामदेखि भेटघाट, छलफल, भ्रमण र अन्तरक्रियालाई पनि उपलब्धिमा समावेश गरेर पुस्तक नै सार्वजनिक गरिएको छ । सरकारले उपलब्धिका किताबै सार्वजनिक गरिरहँदा अधिकांश योजना […]

अनलाइनखबर

तीन वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको प्रदेश १ सरकारको दाबी (पूर्णपाठ)

प्रदेश १ सरकारले तीन वर्षको अवधिमा प्रदेशमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

Shilapatra

प्रदेश १ को वार्षिकोत्सव प्रचण्ड-नेपाल समूहद्वारा बहिष्कार

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन। मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे।

सेतोपाटी

शान्ति प्रक्रियाँसँगै प्राप्त उपलब्धी गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले  सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताए । उनले भने, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धा...

Lokaantar

बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिनु हुँदैन : पूर्व मन्त्री पुन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं पूर्व मन्त्री वर्षमान पुनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि खोसिन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शनिवार दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको बताए । ५ वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्व मन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गरे । पार्टीले ५ वर्षका लागि प्राप्त गरेको मतको...

Lokaantar

ब्रिटिस कलेजका विद्यार्थीहरुलाई निःशुल्क ल्यापटप र डाटा प्याकेजको सुविधा !

काठमाडौं । द ब्रिटिश कलेज (टीबीसी)ले अहिलेको नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरूको लागि नयाँ ल्यापटप र इन्टरनेट डाटा प्याकेज उपलब्ध गराउन सुरु गरेको छ । विद्यार्थीहरुलाई अनलाइन शिक्षाको सहज पुहँचका लागि कलेजले नयाँ ल्यापटप तथा डाटा प्याकेज उपलब्ध गराउन सुरुवात गरेको जनाएको छ । कोरोना महामारी शुरू भएदेखि नै विद्यार्थीहरूको स्वास्थ्यलाई लिएर निकै गम्भीरता अपनाएको कलेजले सुरक्षित वातावरण नबनेसम्म अध्यापन प्रणाली अनलाइन प्लेटफर्ममा पूर्ण व्यवस्थितका साथमा सुचारु गरिरहेको बताएको छ ।विद्

Ratopati

पोखरामा मन्त्री रायमाझी – प्राप्त उपलब्धी जोगाउन संसद विघटन

ऊर्जा तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले जन उपलब्धि रक्षाका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको बताएका छन् । ओली समूहको नेकपा कास्कीद्वारा पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा बोल्दै उनले जनताको लामो समयदेखिको संघर्षको उपलब्धिलाई रक्षा गर्नका लागि प्रधानमन्त्रीले संसद् विघटन गरेको उल्लेख गरे । ओली नेतृत्वको सरकारले देशका विभिन्न समस्या समाधान गर्दै अघि बढेको बताउँदै उनले कोरोना रोकथाम र नियन्त्रणमा पनि सक्रिय भूमिका निर्वाह गरेको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र वि...

Lokaantar

विप्लव नेतृत्वको चन्दा आतंक, बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब

बुटवल । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रदेश ५ का सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको छ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक ...

नेपाल आज