वैशाख पहिलो साता ‘पावर समिट २०२३’

आगामी वैशाख ५ र ६ गते ‘पावर समिट २०२३’ को आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आठौं संस्करणको ‘पावर समिट‘ हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको हो । इपानले बुधबार पत्रकार सम्मेलन गरेर पावर समिटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । इपानका अध्यक्ष […]

सम्बन्धित सामग्री

‘पावर समिट–२०२३’ वैशाख ५ र ६ गते हुँदै

काठमाडौं । ‘ब्रोडिङ ग्रीन इनर्जी मार्केट’ मूल नाराका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आठौं संस्करणको ‘पावर समिट–२०२३’ आयोजना गर्न लागेको छ । आगामी वैशाख ५ र ६ गते आयोजना हुने उक्त सम्मेलन ऊर्जा क्षेत्रकोे सबैभन्दा ठूलो कार्यक्रम भएको इप्पानले बताएको छ । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय संरक्षक र लगानी बोर्ड नेपाल सह–आयोजक रहनेछन् । उक्त सम्मेलन नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा सावित हुने दाबी गरिएको छ । सम्मेलनमा साउथ एसियन फोरम अन इनर्जी इन्भेस्टमेन्ट (सेफेआई)ले दक्षिण एसियामा लगानी जुटाउने सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नेछ । नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरीद सम्झौताका लागि समझदारीपत्रमा हस्ताक्षर गरिनेछ । साथै नवीकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि विभिन्न सम्झौता एवं समझदारीमा हस्ताक्षर गरिने इप्पानले बताएको छ । इप्पानका अनुसार सम्मेलनमा नेपालको विद्युत्को बजार, प्रसारण पूर्वाधार, जलविद्युत्को माग, प्रविधि र नवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकास लगायत विषय समेट्नेगरी विभिन्न १५ ओटा सत्र सञ्चालन गरिनेछ । कार्यक्रममा लगानी बोर्ड नेपाल र निजीक्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजना प्रदर्शन गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा ३० भन्दा बढी देशका ३०० प्रतिनिधिसहित नेपाल सरकारका उच्च अधिकारी, विद्युत् व्यापार कम्पनी, विद्युत् उत्पादक, बैंक तथा वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनी, विक्रेता, ‘थिंक ट्यांक’ र ऊर्जा क्षेत्रका अन्य सरोकारवाला गरी करीब ८०० जना सहभागी हुने इप्पानले बताएको छ ।

इपानले वैशाख ५ र ६ गते काठमाडौंमा उर्जा सम्मेलन गर्ने

काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आगामी २०८० वैशाख ५ देखि ६ गतेसम्म आठौँ उर्जा सम्मेलन–२०२३ गर्ने भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। इपानले ‘हरित उर्जाको बजार विस्तारिकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको आठौँ संस्करणको ‘पावर समिट २०२३’ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ।