धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् । धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका ब

सम्बन्धित सामग्री

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर एकेडेमीलाई

शनिबार धनगढीमा भएको क्लबस्तरीय धनगढी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो । विजेता टिम महेन्द्रनगरले २ लाख पुरस्कार रकम प्राप्त गरेको छ भने उपविजेता बनेको लिटल फ्लावरले १ लाख प्राप्त गर्‍यो ।

महेन्द्रनगरले जित्यो धनगढी सुपर लिग

धनगढी । धनगढी सुपर लिग ट्वान्टी २० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । शनिबार धनगढीको लिटल फ्लावर क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगर च्याम्पियन बनेको हो । विजेता महेन्द्रनगरले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता लिटल फ्लावरले एक लाखमा चित्त बुझायो । शनिबार कैलालीको...

महेन्द्रनगर धनगढी सुपर लिग च्याम्पियन

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर क्रिकेट एकेडेमीले क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधिमा कब्जा गरेको हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८ ओभर ३ बलमा १ सय १८ रन मात्रै बनाउन सक्यो […]

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउन्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै पाँच महत्वपूर्ण ब्

धनगढी सुपर लिग : धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत आइतबार भएका खेलमा धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी भएका छन् । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा जारी प्रतियोगितामा आइतबारको पहिलो खेलमा बुङ्गल क्रिकेट क्लब बझाङलाई पराजित गरी धनगढी क्रिकेट एकेडेमी र दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई पराजित गरी...

लिटल फ्लावर र बुङगल क्रिकेट क्लबको विजयी सुरुवात

धनगढी । कैलालीको धनगढीमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा आयोजक लिटल फ्लावर क्रिकेटक्लब र बझाङको बुङगल क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।  धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमी र बुङगल क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट...

धनगढीमा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

कैलाली– धनगढीमा आगामी जेठ ५ गतेदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो । यहाँको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले धनगढी सुपर लिग आयोजना गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष […]

धनगढी सुपर लिग जेठ ५ गतेबाट

कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता हुने आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी आयोजना गरी जानकारी दिएको हो ।प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि काअध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क

कैलालीमा टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ हुने

लिटल फ्लावर स्पोट्र्स एण्ड इभेन्ट्स प्रालिले धनगढीमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । आठ दिन सम्म चल्ने प्रतियोगितामा देशभरबाट ६ वटा क्लबहरू सहभागी हुनेछन् ।