धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली क्लब विजयी

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा लिटल फ्लावरले दाङको देउखुरी वारियर्सविरुद्ध १० विकेटको सानदार जीत निकालेको छ । लिटल फ्लावरका दीपक बोहरा उत्कृष्ट लयमा देखिए । उनको अलराउन्ड प्रदर्शनपछि लिटल फ्लावर १० विकेटले विजयी भएको हो । प्रतियोगितामा देउखुरी वारियर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर लिटल फ्लावरका बोहराले पावर प्लेमै पाँच महत्वपूर्ण ब्

सम्बन्धित सामग्री

लिटल फ्लावर र बुङगल क्रिकेट क्लबको विजयी सुरुवात

धनगढी । कैलालीको धनगढीमा शुक्रबारबाट सुरु भएको राष्ट्रिय टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा आयोजक लिटल फ्लावर क्रिकेटक्लब र बझाङको बुङगल क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् ।  धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा लिटल फ्लावरले धनगढी क्रिकेट एकेडेमी र बुङगल क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट...

धनगढीमा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

कैलाली– धनगढीमा आगामी जेठ ५ गतेदेखि क्लबस्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ ५ देखि १३ गतेसम्म प्रतियोगिता आयोजना गरिने भएको हो । यहाँको खेल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले धनगढी सुपर लिग आयोजना गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष […]