वाइडबडी जहाजद्वारा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान सम्पन्न

काठमाण्डाै - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो । भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । आधा घन्टापछ...

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी विमानले परीक्षण उडान गर्ने

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ। वायुसेवा निगमको ३३० एयरबसले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नेतृत्वमा मन्त्रालयको टोली आउने उनले जानकारी दिए। विमानमा २६० जना […]

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले

काठमाण्डो – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसा...

वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं (अस) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ । उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो । उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो । परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ । निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

गौतमबुद्ध विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) सुरु भएको छ । बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो । शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो । यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए […]

गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ । उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...

गौतमबुद्ध विमानस्थलमा आइपुग्यो थाइल्याण्डको जहाज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ । विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि परीक्षण उडान हुने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ । विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ […]

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान गरिने

३ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज (ए३२०/३३० जहाजबाट परीक्षण उडान गरिने भएको छ । विमानस्थलको परीक्षण पूरा गरी व्यवसायिक सञ्चालनमा ल्याउने सन्दर्भमा सोमबार पर्यटन मन्त्रालयले प्राधिकरणसँग छलफल गरेको छ । सो क्रममा प्राधिकरणले प्रस्तुत गरेको योजना अनुसार […]

गौतमबुद्ध विमानस्थलमा एरो थाईले यान्त्रिक परीक्षण उडान गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा …

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्न भारतीय निकायमा प्रस्ताव

१३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार निर्माण करिब सम्पन्न भई परीक्षणको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्न नेपालले ‘एयरपोर्ट अथोरिटी अफ इण्डिया’लाई प्रस्ताव गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन उपकरण तथा उडान विधिको चेकजाँच तथा परीक्षणका लागि विशेष उडान गर्नुपर्ने हुन्छ । यो उडान गर्ने जहाजमा परीक्षण गर्ने उपकरणहरु […]